मानव आवाज

२०८३ श्रावण १९ गते
00: 00: 00
२०८३ श्रावण १९ गते

सुनकोशी दुर्घटनामा हराएका तीनै जनाको पहिचान खुल्यो, खोजी कार्य जारी

सिन्धुली । सिन्धुलीमा सडक किनारमा रोकिराखेको कारलाई बसले ठक्कर दिँदा कारसहित बेपत्ता भएका तीनै जनाको पहिचान खुलेको छ ।

कारसहित सुनकोशी नदीमा हराउनुभएकोमा सिन्धुपाल्चोक जुगल-७ का पूर्ववडाध्यक्ष एवम् ठेकेदार दिलकुमार लामा, एक्स्काभेटर चालक गोलञ्जोर गाउँपालिका-१ डुड्भञ्ज्याङका गणेश थापा र  तीनपाटन गाउँपालिका-९ डाँडाखर्कका १७ वर्षीय सुजन बलम्पाकी मगर रहनुभएको प्रहरीले जनाएको छ ।

बसको ठक्करपछि कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

फिक्कल गाउँपालिका-२ स्थित नवलपुरमा २०८३ साउन १८ गते बिहान करिब साढे १० बजे सडक किनारमा रोकिराखेको कारलाई बसले ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको गोताखोर टोलीले हराएकाहरूको खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ ।

Author

Share the News

Recent News

Related News