मानव आवाज

२०८३ असोज ३१ गते
00: 00: 00
२०८३ असोज ३१ गते

आर्थिक अभावले वर्षौंदेखि अँध्यारोमा बसेका सार्कीको घरमा बिजुली

सिन्धुली । आर्थिक अभावका कारण वर्षौंदेखि विद्युत् सेवाबाट वञ्चित कमलामाई नगरपालिका-१२, टङ्सारका शङ्करबहादुर सार्कीको घरमा बिजुली जडान गरिएको छ ।

गाउँमा करिब ६ वर्षअघि नै विद्युत् सेवा पुगे पनि कमजोर आर्थिक अवस्थाका कारण उहाँको घरमा भने बिजुली पुग्न सकेको थिएन ।

स्थानीय सुवास घिमिरेको पहल र परिवारको सहयोगमा सार्कीको घरमा विद्युत् जडान गरिएको हो । घरमा बिजुली पुर्‍याउन करिब १३ हजार रुपियाँ खर्च भएको घिमिरेले जानकारी दिनुभयो ।

हाल घरमा तीन ओटा बल्ब जडान गरिएका छन् । विद्युत् जडानपछि लाग्ने मासिक महसुलसमेत आफूले नै तिरिदिने घिमिरेले बताउनुभयो ।

घिमिरेका अनुसार सार्कीको घरमा बिजुली जडानका लागि वडा कार्यालयमा पटकपटक जानकारी गराउँदा व्यवस्था मिलाइदिने आश्वासन पाए पनि लामो समयसम्म जडान हुन सकेको थिएन ।

त्यसपछि छिमेकीको नाताले आफूले व्यक्तिगत पहलमा सहयोग गरेको उहाँले बताउनुभयो । वर्षौंदेखि टुकीको भरमा रात बिताउँदै आएका सार्कीको घरमा बिजुली बलेपछि परिवारमा खुसी छाएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार