सहकारी Archives - मानव आवाज https://www.manavaawaj.com/category/news/cooperative/ तथ्य, तर्क र परिवर्तनको आवाज Mon, 20 Apr 2026 14:01:09 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0 https://www.manavaawaj.com/wp-content/uploads/2026/04/cropped-LOGO_MN-32x32.png सहकारी Archives - मानव आवाज https://www.manavaawaj.com/category/news/cooperative/ 32 32 चन्द्रागिरी साकोसको रजत जयन्ती,वर्षैभर विविध कार्यक्रम गरिने https://www.manavaawaj.com/silver-jubilee-of-chandragiri-sacos/ Mon, 20 Apr 2026 14:01:07 +0000 https://www.manavaawaj.com/?p=11463 काठमाडौँ । चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ । चन्द्रागिरी नगरपालिका-७, थानकोटस्थित मुख्य कार्यालयमा आयोजित विशेष समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष शिवशङ्कर मानन्धरले संस्थाको २५ वर्षे यात्रालाई सदस्यहरूको विश्वास, सहयोग र संस्थागत मेहनतको प्रतिफलको रूपमा व्याख्या गर्दै आगामी दिनमा अझ प्रविधिमैत्री, पारदर्शी ... Read more

The post चन्द्रागिरी साकोसको रजत जयन्ती,वर्षैभर विविध कार्यक्रम गरिने appeared first on मानव आवाज.

]]>
काठमाडौँ । चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ ।

चन्द्रागिरी नगरपालिका-७, थानकोटस्थित मुख्य कार्यालयमा आयोजित विशेष समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

संस्थाका अध्यक्ष शिवशङ्कर मानन्धरले संस्थाको २५ वर्षे यात्रालाई सदस्यहरूको विश्वास, सहयोग र संस्थागत मेहनतको प्रतिफलको रूपमा व्याख्या गर्दै आगामी दिनमा अझ प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी सेवा विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समारोहका प्रमुख अतिथि समाजसेवी तथा शिक्षाप्रेमी सुरेन्द्र बहादुर खड्काले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

रजत जयन्ती उपसमिति संयोजक योगेन्द्रकुमार कुँवरले संस्थाको २५ वर्षको यात्रा, चुनौती र उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्नुभयो ।

त्यसैगरी, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक भानुप्रकाश ढकालले संस्थागत मूल्य र अनुशासनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

संस्थापक अध्यक्ष रुद्रप्रसाद शर्माले संस्था स्थापना गर्दाको उद्धेश्य अझै सान्दर्भिक रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गर्नुभयो ।

प्रा.डा. रामशरण पाठकले विगतको अनुभवबाट सिक्दै आगामी दिनमा थप जिम्मेवार र सतर्क भएर अघि बढ्न सुझाव दिनुभयो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले संस्थाका २५ प्रतिबद्धता सार्वजनिक गर्नुभयो ।

ती प्रतिबद्धतामा सदस्यको विश्वास कायम राख्ने, महिला तथा युवा सशक्तिकरण, डिजिटल सेवा विस्तार, पारदर्शिता प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वजस्ता विषय समेटिएका छन् ।

संस्थाले रजत जयन्ती वर्षभर विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ, जसमा “विश्वासको सहयात्रा” अभियान तथा उद्यमशीलता प्रवर्नधका लागि सहकारी मेला प्रमुख रहेका छन् । रजत जयन्तीको पूर्वसन्ध्यामा संस्थाका मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा दीपावली गरिएको थियो ।

मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोग, चन्द्रागिरी साकोस र लायन्स क्लब अफ चन्द्रागिरीको संयुक्त आयोजनामा “रक्तदान महादान” नारासहित आयोजित रक्तदान कार्यक्रममा १ सय ३ जनाले सहभागिता जनाएका थिए ।

The post चन्द्रागिरी साकोसको रजत जयन्ती,वर्षैभर विविध कार्यक्रम गरिने appeared first on मानव आवाज.

]]>
विद्युत् सहकारीको रजतवर्ष कार्यक्रममा स्मारिका विमोचन, बिजुलीबारे चर्चा https://www.manavaawaj.com/souvenirs-released-at-the-silver-anniversary-program-of-the-electricity-cooperative/ Thu, 09 Apr 2026 15:08:45 +0000 https://www.manavaawaj.com/?p=11272 ललितपुर । “सहकारिता मार्फत सामुदायिक विद्युतीकरण, आर्थिक विकास र सामाजिक रुपान्तरण” भन्ने नारासहित क्रियाशील दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्थाको रजत वर्ष २०८२ को समापन समारोह २०८२ चैत २६ गते आयोजना गरिएको छ । कार्यक्रमा ललितपुर निर्वाचन क्षेत्र नं १ का सांसद बुद्धरत्न महर्जनले दक्षिण ललितपुरको विकासका लागि आफू समुदायसँगसँगै रहने बताउनु भयो । उहाँले ... Read more

The post विद्युत् सहकारीको रजतवर्ष कार्यक्रममा स्मारिका विमोचन, बिजुलीबारे चर्चा appeared first on मानव आवाज.

]]>
ललितपुर । “सहकारिता मार्फत सामुदायिक विद्युतीकरण, आर्थिक विकास र सामाजिक रुपान्तरण” भन्ने नारासहित क्रियाशील दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्थाको रजत वर्ष २०८२ को समापन समारोह २०८२ चैत २६ गते आयोजना गरिएको छ ।

कार्यक्रमा ललितपुर निर्वाचन क्षेत्र नं १ का सांसद बुद्धरत्न महर्जनले दक्षिण ललितपुरको विकासका लागि आफू समुदायसँगसँगै रहने बताउनु भयो ।

उहाँले भन्नु भयो- ‘म ५-६ पटक सबै गाउँ पुगेको छु । यहाँका नागरिकको दुःख र मर्का बुझेको छु । विद्युत् सेवामा परेको मर्काबारे पनि बुझेको छु । त्यसैले समाधान गर्ने काममा म सहकारी सँगसँगै रहने छु ।’

कार्यक्रममा पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीले विद्युत वितरणको काम स्थानीय सरकार र समुदायले गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष डिल्लीप्रसाद घिमिरे, पूर्वअध्यक्ष गोपाल सञ्जेल र पूर्वअध्यक्ष रामकृष्ण हुमागाईँले अभियानदेखि अहिलेसम्मका उकालीओरालीबारे अनुभव सुनाउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्दप्रसाद बजगाइँले विगतको यात्रालाई मूल्याङ्कन गर्दै आगामी दिनमा सामुदायिक विद्युतीकरणलाई अझ सशक्त ढङ्गले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नेपालकै पहिलो विद्युत सहकारीका रुपमा स्थापित यस संस्थाले सामुदायिक विद्युत सेवाको २१ वर्ष पूरा गरेको छ ।

सहकारीले २०५४ असोज ७ गते सामुदायिक विद्युतीकरण अभियान प्रारम्भ गरेको थियो भने २०५७ साउन १७ गते औपचारिक रुपमा सहकारी स्थापना भई २०६१ भदौ २ गते देवीचौरबाट विद्युत सेवा प्रारम्भ गरेको हो ।

यसैबिच सहकारीले प्रकाशन गरेको सामुदायिक विद्युत्को जीवन्त अभिलेखलाई हाइलाइट गरिएको सामुदायिक विद्युत रजतवर्ष २०८२ स्मारिकाको विमोचन गरिएको छ ।

‘प्राज्ञिक कर्मको प्रतिफल यो सामुदायिक विद्युत् स्मारिका प्रकाशनका हिसाबले छैटौँ शृङ्खला हो । यो शृङ्खला रजतवर्षको सन्दर्भमा प्रकाशन गरिएकाले यसको अर्थ र महत्व पनि छ । यो अङ्कले २५ वर्षको सपाट इतिहास बोकेको छ । यसले २५ वर्ष अघिको अँध्यारो दक्षिण ललितपुरलाई अक्षरका माध्यमबाट सचित्र वर्णन गरेको छ । बिजुली बत्तीको आवश्यकता  र अङ्कुरणबारे बोलेको छ । यो किताब त्यसपछिका दिनमा गरिएका पहल र प्रयासको साक्षी हो । भावी दिनमा गर्नुपर्ने मार्गचित्रसमेत यो किताबले प्रस्तुत गरेको छ ।’-स्मारिकामा भनिएको छ ।

यो स्मारिकाले सामुदायिक विद्युत् र दक्षिण ललितपुरको विविधताबारे प्रष्टसँग बोलेको छ । ३ सय पेजको यो स्मारिका ६ खण्डमा विभाजित छ ।

स्मारिकाको पहिलो खण्डमा विगतको यात्रा समेटिएको छ । यो खण्डमा विद्युत सहकारी बन्नुअघिदेखिका घटनाक्रम र विविरण तथा अभियानका विषयवस्तुलाई समेट्छ । जसमा १० ओटा शीर्षकमा अन्तर्वार्ता तथा लेख समेटिएको छ ।

त्यसैगरी दोस्रो खण्डमा १९ शीर्षकका सामग्री छन् । यो खण्डको नाम विचारविमर्श राखिएको छ । यस खण्डमा विज्ञका विचार र विश्लेषण तथा पत्रकारले लेख्नुभएका फिचर समेटिएको छ ।

तेस्रो खण्डलाई कुराकानी खण्डको नाम दिइएको छ । यो खण्डमा आठ जनासँग गरिएको कुराकानी र दुई ओटा समूहमा गरिएको छलफललाई स्थान दिइएको छ ।

चौथो खण्डमा अुभूति समावेश गरिएको छ । २३ जनाका अनुभूतिलाई यो खण्डमा राखेर प्रकाशन गरिएको छ ।  पाँचौ खण्डमा विद्युत्का विषयमा लेखिएका १० जनाका सिर्जना समावेश छ ।

२५ वर्षे इतिहासलाई देखाउने तस्बिर छैटौँ खण्डमा समावेश गरिएको छ । यो खण्डमा वडागत चित्रण, अभियानदेखि अहिलेसम्मका कार्यसमिति र कर्मचारीका विवरण तथा मुख्य गतिविधिका केही प्रतिनिधिमूलक तस्बिर छन् ।

त्यसैगरी छापा सामुदायिक विद्युत्को सङ्कलन र सहकारीले निर्माण गरेको कक्ष १ देखि कक्षा ५ सम्मका पाठ्यक्रम र पाठ्यपुस्तकका कभर फोटो राखिएको छ ।

यो स्मारिकामा चार ओटा सामग्री तामाङ भाषामा राखिएको छ । बिजुलीले यहाँको समुदायमा पारेको बहुआयामिक प्रभावबारे स्मारिकाले बोलेको छ ।

The post विद्युत् सहकारीको रजतवर्ष कार्यक्रममा स्मारिका विमोचन, बिजुलीबारे चर्चा appeared first on मानव आवाज.

]]>
शिक्षक हित साकोसद्वारा क्षमता विकास तालिम सम्पन्न https://www.manavaawaj.com/capacity-development-training-completed-by-teacher-welfare-sacos/ Sun, 22 Feb 2026 10:19:51 +0000 https://www.manavaawaj.com/?p=10493 ललितपुर । शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सञ्चालक समिति, लेखा समिति तथा विभिन्न उपसमितिका सदस्यहरूका लागि आयोजना गरेको तीन दिने क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमसँगै संस्थाले सहकारी क्षेत्रमै अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्यसहित पाँच बुँदे ‘पोखरा प्रतिबद्धता’ समेत सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको प्रतिबद्धतामा त्रैमासिक रूपमा व्याजदर ... Read more

The post शिक्षक हित साकोसद्वारा क्षमता विकास तालिम सम्पन्न appeared first on मानव आवाज.

]]>
ललितपुर । शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सञ्चालक समिति, लेखा समिति तथा विभिन्न उपसमितिका सदस्यहरूका लागि आयोजना गरेको तीन दिने क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमसँगै संस्थाले सहकारी क्षेत्रमै अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्यसहित पाँच बुँदे ‘पोखरा प्रतिबद्धता’ समेत सार्वजनिक गरेको छ ।

संस्थाले सार्वजनिक गरेको प्रतिबद्धतामा त्रैमासिक रूपमा व्याजदर निर्धारण गर्ने, ऋण लगानीका नयाँ क्षेत्र पहिचान गरी विस्तार गर्ने, जोखिम पहिचान तथा व्यवस्थापन रणनीति तर्जुमा गर्ने, सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सबै स्थानीय तहमा सञ्चालन गर्ने तथा ऋण बीमा र मोबाइल बैङ्किङ सेवा प्रयोगमा ल्याउने उल्लेख गरिएको छ ।

तालिममा सहकारीको अवधारणा, सिद्धान्त र अभ्यास, सञ्चालक समितिको काम, कर्तव्य, भूमिका र दायित्व, संस्थाको वित्तीय अवस्था विश्लेषण, सहकारी कानुन तथा नियामकीय प्रबन्ध, नेतृत्व रूपान्तरण तथा जोखिम व्यवस्थापन रणनीतिजस्ता विषयमा सहजीकरण गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष शुक्र थापाले हाल तरलता केही प्रतिशत बढी देखिए पनि दीर्घकालीन रूपमा त्यसले असर पार्ने अवस्था नरहेको स्पष्ट पार्नु भयो ।

सचिव सुरेन्द्रकुमार घिमिरेले शिक्षक हित साकोस ललितपुरमा मात्र नभई देशकै नमूना सहकारीका रूपमा सञ्चालन हुनुपर्ने भएकाले चुनौती पनि उत्तिकै रहेको बताउनु भयो ।

संस्थाका व्यवस्थापक अर्जुन सञ्जेलका अनुसार हाल संस्थामा १ हजार ९ सय ४९ शेयर सदस्य रहेका छन् भने माघ महिनाको वासलत ४० करोड रुपियाँ बराबरको रहेको संस्थाले जनाएको छ ।

कार्यक्रमका वरिष्ठ प्रशिक्षक सन्जयराज तिमल्सिनाले सहकारीले थप विश्वास आर्जन गर्नुपर्ने र सदस्यहितका कार्यक्रमहरूमा नवीनता ल्याउनुपर्नेमा जोड दिनु भयो ।

उद्घाटन सत्रमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ललितपुरका जिल्ला अध्यक्ष देवीप्रसाद दुलालले सहकारी सञ्चालन गर्नु सङ्गठनको दायित्व र उद्देश्यसँग जोडिएको विषय भएकाले यसलाई अझ प्रभावकारी बनाइने बताउनु भयो ।

The post शिक्षक हित साकोसद्वारा क्षमता विकास तालिम सम्पन्न appeared first on मानव आवाज.

]]>
धारापानी महिला सहकारी आत्मनिर्भरताको उदाहरणीय नमुना बन्दै https://www.manavaawaj.com/dharapani-womens-cooperative-is-becoming-an-exemplary-model-of-self-reliance/ Mon, 02 Feb 2026 01:05:08 +0000 https://www.manavaawaj.com/?p=10088 पोखरा । “मर्यादित सहकारी, समुन्नत समाज” भन्ने मूल नारालाई आत्मसात् गर्दै २०७५ सालमा स्थापना भएको पोखरा महानगरपालिका–५, जनहितमार्गस्थित धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड महिलाको आत्मनिर्भरता अभिवृद्धिमा उदाहरणीय संस्थाका रूपमा स्थापित हुँदै आएको छ । स्थानीय समुदाय तथा टोलविकासमा आबद्ध महिला दिदीबहिनीलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ स्थापना गरिएको सहकारीले समयक्रममा उल्लेखनीय ... Read more

The post धारापानी महिला सहकारी आत्मनिर्भरताको उदाहरणीय नमुना बन्दै appeared first on मानव आवाज.

]]>
पोखरा । “मर्यादित सहकारी, समुन्नत समाज” भन्ने मूल नारालाई आत्मसात् गर्दै २०७५ सालमा स्थापना भएको पोखरा महानगरपालिका–५, जनहितमार्गस्थित धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड महिलाको आत्मनिर्भरता अभिवृद्धिमा उदाहरणीय संस्थाका रूपमा स्थापित हुँदै आएको छ ।

स्थानीय समुदाय तथा टोलविकासमा आबद्ध महिला दिदीबहिनीलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ स्थापना गरिएको सहकारीले समयक्रममा उल्लेखनीय प्रगति गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सहकारीकी अध्यक्ष गीतादेवी पौडेलले जानकारी दिनु भयो ।

उहाँका अनुसार सहकारीले समयानुकूल विभिन्न प्रजातिका तरकारीका बीउ–विजन वितरण, बेर्ना उत्पादन, क्षमता अभिवृद्धि तथा स्वरोजगारमुखी कार्यक्रम सञ्चालन गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउँदै आएको छ ।

सहकारी तथा मन्टेश्वरी सञ्चालनका क्रममा थुप्रै चुनौतीहरूको सामना गर्नुपरे पनि आपसी समझदारी, सहकार्य र सकारात्मक संवादमार्फत ती समस्याहरू समाधान गर्दै संस्था थप सक्षम र सबल बन्दै गएको अध्यक्ष पौडेलको भनाइ छ ।

सरोकारवाला निकायको सुझाव र सद्भावकै कारण सहकारी निरन्तर प्रगतिपथमा अघि बढिरहेको र अझ धेरै गर्न बाँकी रहेको उहाँले बताउनु भयो ।

सहकारीकी निर्वतमान अध्यक्ष चन्द्रावती गैरे अधिकारीले सहकारीमार्फत महिलाहरू स्वरोजगारको बाटोमा अग्रसर बन्दै गएको उल्लेख गर्दै अझ धेरै महिलालाई सहभागी गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

महिलाले नेतृत्व गरेको धारापानी सहकारी सफलताको दिशामा अघि बढिरहेको उहाँको भनाइ छ । सहकारीमा नेतृत्व तहदेखि साधारण सदस्यसम्म सबै महिला दिदीबहिनीहरू आबद्ध रहनु संस्थाको विशिष्ट पहिचान बनेको छ ।

महिला दिदीबहिनीहरूको सक्रिय सहभागिताकै कारण सहकारीले धारापानी मन्टेश्वरी पनि सञ्चालन गरिरहेको छ ।

मन्टेश्वरी व्यवस्थापन समिति अध्यक्ष कमला अधिकारी त्रिपाठीका अनुसार २०७७ सालमा स्थापना भएको उक्त पूर्व–प्राथमिक तहको विद्यालयले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य लिएको छ ।

प्रिनर्सरीदेखि कक्षा १ सम्म अध्यापन हुँदै आएको मन्टेश्वरीमा हाल ३५ बालिका र ४५ बालक गरी ८० जना विद्यार्थी अध्ययनरत छन् भने १० जना शिक्षिका तथा कर्मचारी कार्यरत छन्, जसमा सबै महिला नै रहेका छन् ।

मन्टेश्वरी पद्धतिमार्फत बालमैत्री, शान्त र सुरक्षित वातावरणमा प्रयोगात्मक सिकाइ, खेलकुद तथा अतिरिक्त क्रियाकलाप, तालिमप्राप्त शिक्षिका र आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरिएको अध्यक्ष त्रिपाठीले बताउनु भयो ।

पोखरा महानगरपालिका कार्यपालिका सदस्य तथा सहकारीकी सल्लाहकार हरिमाया विश्वकर्माले खुशी पैसा, पद वा प्रतिष्ठामा नभई अरूको जीवनमा मुस्कान ल्याउँदा प्राप्त हुने बताउँदै सहकारीमार्फत धारापानी क्षेत्रका महिलाहरू आत्मनिर्भर बन्दै गएकोमा खुशी व्यक्त गर्नु भयो ।

उहाँका अनुसार सहकारीमार्फत पूँजी परिचालन गरी महिलाहरूलाई स्वरोजगारतर्फ प्रेरणा, ऊर्जा र आत्मविश्वास बढेको छ ।

सहकारीको २०८२ असार मसान्तसम्मको वित्तीय अवस्थाले पनि संस्थाको सबलता पुष्टि गर्छ। सहकारीको शेयर पूँजी एक करोड २ लाख ७६ हजार ५ सय रुपियाँ पुगेको छ भने निक्षेप रकम १ करोड ७७ लाखभन्दा बढी रहेको छ ।

यसैगरी कर्जा लगानी १ करोड ८२ लाख रुपियाँभन्दा बढी पुगेको छ भने स्थिर सम्पत्ति, बैङ्क मौज्दात र नगद मौज्दातसमेत सन्तोषजनक अवस्थामा रहेको छ । हाल सहकारीमा १ सय ६२ जना महिला शेयर सदस्य आबद्ध छन् ।

सहकारीले महिलालाई आत्मनिर्भर बनाउन समयसापेक्ष बोल्ने कला, क्षमता अभिवृद्धि तालिम, शैक्षिक भ्रमण लगायतका कार्यक्रम सञ्चालन गर्नुका साथै आत्मनिर्भरतालाई सहयोग पुग्ने गरी ऋण प्रवाहसमेत गर्दै आएको अध्यक्ष पौडेलले बताउनु भयो ।

मन्टेश्वरीकी प्रिन्सिपल शारदादेवी शर्माका अनुसार सहकारी नाफा र घाटाको मात्र विषय नभई सेवा, सहानुभूति र मानवता विकास गर्ने माध्यम हो ।

“खुशी बजारमा किन्न पाइँदैन, खुशी अरूको सेवामा भेटिन्छ, र त्यो सेवाको सबैभन्दा सुन्दर माध्यम सहकारी हो ।”-उहाँले भन्नु भयो ।

सेवा, सहकार्य र आत्मनिर्भरताको संस्कार बोकेको धारापानी महिला सहकारी आज महिलाहरूका लागि प्रेरणाको केन्द्र बनेको छ ।

The post धारापानी महिला सहकारी आत्मनिर्भरताको उदाहरणीय नमुना बन्दै appeared first on मानव आवाज.

]]>
सहकारी संस्थाका पदाधिकारीलाई बोल्ने कला तथा क्षमता अभिवृद्धि तालिम https://www.manavaawaj.com/speaking-skills-and-capacity-building-training-for-officials-of-cooperative-organizations/ Sat, 31 Jan 2026 13:39:21 +0000 https://www.manavaawaj.com/?p=10066 पोखरा । “सबैका लागि एक, एकका लागि सबै” भन्ने नारासहित सहकारी ऐन २०७५ अन्तर्गत स्थापित धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लि., पोखरा महानगरपालिका-५, जनहित मार्ग, कास्कीको आयोजनामा दुईदिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । २०८२ माघ १६ र १७ गते धारापानी मन्टेश्वरीको प्राङ्गणमा आयोजित तालिमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि जिल्ला सहकारी ... Read more

The post सहकारी संस्थाका पदाधिकारीलाई बोल्ने कला तथा क्षमता अभिवृद्धि तालिम appeared first on मानव आवाज.

]]>
पोखरा । “सबैका लागि एक, एकका लागि सबै” भन्ने नारासहित सहकारी ऐन २०७५ अन्तर्गत स्थापित धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लि., पोखरा महानगरपालिका-५, जनहित मार्ग, कास्कीको आयोजनामा दुईदिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

२०८२ माघ १६ र १७ गते धारापानी मन्टेश्वरीको प्राङ्गणमा आयोजित तालिमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि जिल्ला सहकारी सङ्घ कास्कीका सदस्य एवम् निर्वतमान अध्यक्ष चन्द्रावती गैरे अधिकारीले यस्ता तालिमले व्यक्तित्व विकास र नेतृत्व क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले स्थानीय समुदायमा सक्रिय दिदीबहिनीहरूको नेतृत्व विकासका लागि यस्ता तालिम प्रभावकारी, बौद्धिक तथा उपलब्धिमूलक हुने उल्लेख गर्नु भयो ।

उद्घाटन कार्यक्रममा विशेष अतिथि पोखरा महानगरपालिका कार्यपालिका सदस्य तथा वडा नं. ५ की सदस्य हरिमाया विश्वकर्माले तालिम सहभागीहरूका लागि उत्प्रेरणादायी र उपलब्धिमूलक हुने बताउनु भयो ।

उहाँले सहभागीहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गर्दै कुनै विषयमा अस्पष्टता भए हिनताबोध नगरी जिज्ञासा राख्न अनुरोध गर्नु भयो ।

दुई दिनसम्म सञ्चालन भएको तालिममा साहित्यकार तथा प्रमुख प्रशिक्षक पत्रकार कमलप्रसाद पौडेल ‘अथक’ले बोल्ने कला, क्षमता अभिवृद्धि तथा प्रतिवेदन लेखनसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो ।

तालिमको प्रभावबारे बोल्दै लेखा समिति संयोजक मैयाकुमारी भुर्तेल, मन्टेश्वरी व्यवस्थापन समिति अध्यक्ष कमला त्रिपाठी, मन्टेश्वरीका प्रिन्सिपल शारदादेवी शर्मा तथा सहकारीका प्रबन्धक कल्पना विश्वकर्माले तालिमले समूह परिचय, कार्यक्रम सञ्चालन र आफ्ना समस्या तथा अनुभूति सहज, प्रभावकारी, कुशल र पारदर्शी रूपमा प्रस्तुत गर्न सहयोग पुग्ने धारणा राख्नु भयो ।

सहभागीको तर्फबाट मन्तव्य राख्दै आसमा विश्वकर्माले तालिमबाट सिकेका ज्ञान तथा सीपहरू समुदायस्तरमा हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै तालिम फलदायी, व्यवहारिक र ज्ञानवर्धक रहेको बताउनु भयो ।

कार्यक्रम सहकारी अध्यक्ष गितादेवी पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे उपाध्यक्ष शारदा गिरीले प्रकाश पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव शारदा भट्टराई अधिकारीले गर्नुभएको थियो ।

तालिममा सहकारीका सञ्चालक समिति, विभिन्न उपसमिति (ऋण, कृषि, शिक्षा, लेखा, खोज तथा अनुसन्धान), मन्टेश्वरी व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारीहरू गरी ३५ जनाको सहभागिता रहेको थियो ।

The post सहकारी संस्थाका पदाधिकारीलाई बोल्ने कला तथा क्षमता अभिवृद्धि तालिम appeared first on मानव आवाज.

]]>
सुविधा सहकारीद्वारा ३९ युनिट रगत सङ्कलन https://www.manavaawaj.com/suvidha-cooperative-collects-39-units-of-blood/ Mon, 19 Jan 2026 13:38:48 +0000 https://www.manavaawaj.com/?p=9818 पोखरा । पोखरा महानगरपालिका–८ मा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रजत वर्षको अवसरमा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ३९ युनिट रगत सङ्कलन भएको छ । २०८२ माघ ५ गते सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णमान ठुसाजुले पहिलो रक्तदाता बिमला अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । २०५७ सालमा स्थापना ... Read more

The post सुविधा सहकारीद्वारा ३९ युनिट रगत सङ्कलन appeared first on मानव आवाज.

]]>
पोखरा । पोखरा महानगरपालिका–८ मा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रजत वर्षको अवसरमा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ३९ युनिट रगत सङ्कलन भएको छ ।

२०८२ माघ ५ गते सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णमान ठुसाजुले पहिलो रक्तदाता बिमला अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

२०५७ सालमा स्थापना भएको सहकारीले हालसम्म करिब ३० करोड रुपियाँको कारोबार गर्दै आएको र सहकारी मूल्य–मान्यताअनुसार सामाजिक सेवाका विभिन्न कार्यहरू निरन्तर गर्दै आएको संस्थाका कार्यकारी प्रमुख सुशील बिजुक्छेले जानकारी दिनु भयो ।

कार्यक्रममा ८३ पटक रक्तदान गरिसकेका रक्तदाता तथा सामाजिक अभियन्ता कृष्णबहादुर थापाले रक्तदानलाई महत्वपूर्ण सामाजिक सेवा कार्यको रूपमा उल्लेख गर्दै १६ वर्ष माथिका सबै नागरिकले नियमित रूपमा रक्तदान गर्नुपर्ने धारणा राख्नु भयो ।

रक्तदान कार्यक्रममा संस्थाका सल्लाहकार प्राध्यापक डा. बोथराज कार्की, रक्तसञ्चार केन्द्रका प्रमुख महेन्द्र केसी, संस्थाका पूर्व अध्यक्ष अशोक श्रेष्ठ, उपाध्यक्ष राजु पौडेल, सचिव वीरबहादुर अधिकारीलगायतले रक्तदानको महत्व र संस्थागत भूमिकाबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

The post सुविधा सहकारीद्वारा ३९ युनिट रगत सङ्कलन appeared first on मानव आवाज.

]]>
सुविधा सहकारीको रजत महोत्सव सम्पन्न https://www.manavaawaj.com/suvidha-cooperatives-silver-jubilee-completed/ Sat, 17 Jan 2026 13:25:52 +0000 https://www.manavaawaj.com/?p=9760 पोखरा । पोखरा महानगरपालिका–८, सिमलचौरमा अवस्थित सुविधा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५औँ वार्षिक उत्सव तथा रजत महोत्सव २०८२ माघ ३ गते विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। महोत्सवको उद्घाटन गर्दै सहकारीका पूर्व अध्यक्ष तथा पोखरा महानगरपालिका–८ का वडाध्यक्ष रुद्रनाथ बरालले सहकारी अभियानले समाजमा आर्थिक सहभागिता र आत्मनिर्भरता बढाउन महत्वपूर्ण भूमिका खेल्दै ... Read more

The post सुविधा सहकारीको रजत महोत्सव सम्पन्न appeared first on मानव आवाज.

]]>
पोखरा । पोखरा महानगरपालिका–८, सिमलचौरमा अवस्थित सुविधा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५औँ वार्षिक उत्सव तथा रजत महोत्सव २०८२ माघ ३ गते विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।

महोत्सवको उद्घाटन गर्दै सहकारीका पूर्व अध्यक्ष तथा पोखरा महानगरपालिका–८ का वडाध्यक्ष रुद्रनाथ बरालले सहकारी अभियानले समाजमा आर्थिक सहभागिता र आत्मनिर्भरता बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भयो ।

उहाँले सहकारीलाई पारदर्शी, विधिसम्मत र सदस्य–केन्द्रित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा संस्थाका शेयर सदस्यहरूमध्ये अध्ययनतर्फ उत्कृष्ट उपलब्धि हासिल गरेका लेखनाथ पौडेलको काव्य अद्वैत वेदान्त विषयमा विद्यावारिधि गर्नुभएका संस्थाका सल्लाहकार प्राध्यापक बोधराज ढकालसहित उत्कृष्ट विद्यार्थी तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष विरेन्द्र नारायण बिजुक्छे, कास्की बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष ईश्वर सुवेदी, सराङकोट बहुउद्देश्य सहकारी संस्थाका पूर्व अध्यक्ष कृष्णबहादुर थापा, सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शारदा गिरी, परोपकार सहकारी संस्थाका अध्यक्ष सोमनाथ बराल, पूर्व अध्यक्ष विश्वकुमार बिजुक्छे, निवर्तमान अध्यक्ष अशोक श्रेष्ठ, उपाध्यक्ष राजु पौडेल, कोषाध्यक्ष उमा पराजुली तथा कार्यकारी निर्देशक सुशील बिजुक्छे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वक्ताहरूले सहकारी एकता, विधिसम्मत नियमको पालना र संस्थागत सुशासनमा जोड दिनुभएको थियो ।

सहकारीका सचिव वीरबहादुर अधिकारीले स्थानीय युवाहरूको पहलमा स्थापना गरिएको संस्थाले हालसम्म करिब २८ करोड रुपियाँको कुल कारोबार गर्दै विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रूपमा योगदान पुर्‍याउँदै आएको जानकारी दिनु भयो ।

संस्थाका अध्यक्ष कृष्णमान ठुसाजुले रजत वर्षको अवसरमा २०८२ माघ ४ गते रक्तदान कार्यक्रम, उपसमितिका लागि प्रशिक्षण तथा शेयर सदस्य र कर्मचारीका लागि स्वास्थ्य बीमा योजना सञ्चालन गरिने जानकारी दिनु भयो ।

The post सुविधा सहकारीको रजत महोत्सव सम्पन्न appeared first on मानव आवाज.

]]>
नेपाल कृषि सहकारी केन्द्रीय सङ्घमा नयाँ नेतृत्व चयन, अध्यक्षमा एकराज उप्रेती https://www.manavaawaj.com/new-leadership-elected-in-nepal-agricultural-cooperative-central-association/ Sat, 10 Jan 2026 13:45:26 +0000 https://www.manavaawaj.com/?p=9637 काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लि. को पाँचौँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षमा उप्रेती निर्वाचित हुँदा उपाध्यक्षमा पूर्ण शर्मा, महिला उपाध्यक्षमा मीना कुमारी ढकाल र सचिवमा चिरञ्जीवी केसी निर्वाचित हुनुभएको छ । १५ सदस्यीय सञ्चालक समितिका लागि ७ प्रदेशबाट एक–एक जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था ... Read more

The post नेपाल कृषि सहकारी केन्द्रीय सङ्घमा नयाँ नेतृत्व चयन, अध्यक्षमा एकराज उप्रेती appeared first on मानव आवाज.

]]>
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लि. को पाँचौँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

अध्यक्षमा उप्रेती निर्वाचित हुँदा उपाध्यक्षमा पूर्ण शर्मा, महिला उपाध्यक्षमा मीना कुमारी ढकाल र सचिवमा चिरञ्जीवी केसी निर्वाचित हुनुभएको छ ।

१५ सदस्यीय सञ्चालक समितिका लागि ७ प्रदेशबाट एक–एक जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था अनुसार वागमती प्रदेशबाट एकराज उप्रेती, गण्डकी प्रदेशबाट कृष्ण बाबु श्रेष्ठ, लुम्बिनी प्रदेशबाट पूर्ण शर्मा र सुदूरपश्चिम प्रदेशबाट धर्म कुँवर निर्विरोध निर्वाचित हुनुभएको थियो । कोशी, मधेस र कर्णाली प्रदेशमा भने निर्वाचन प्रक्रिया सम्पन्न भएको थियो ।

कोशी प्रदेशबाट इन्दिरा निरौला ४५ मत प्राप्त गर्दै विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी खगेन्द्रराज भण्डारीले ४१ मत प्राप्त गर्नु भयो ।

मधेस प्रदेशमा मिश्रलाल सहनी ५६ मतसहित निर्वाचित हुँदा राम सोभित यादवले २०, दिपेन्द्र कुमार यादवले १२, राम चन्द्र यादवले ५ र शम्भु नाथ यादवले ३ मत प्राप्त गर्नुभएको थियो ।

कर्णाली प्रदेशमा धर्मराज थापा २८ मतसहित विजयी हुनुभयो भने प्रतिस्पर्धी चाँदनी ढकालले २६ मत प्राप्त गर्नु भयो ।

खुला सञ्चालकतर्फ चिरञ्जीवी केसी (३७७), सुखदेव न्यौपाने (३६२), हरी बहादुर बस्नेत (३३५) र हरी बहादुर अधिकारी (३२५) मतसहित विजयी हुनु भयो । अन्य उम्मेदवार सुमन नेपालले २२१ र नारायण प्रसाद खनालले २४१ मत प्राप्त गर्नुभएको थियो ।

महिला सञ्चालकतर्फ गीता केसी (४१५), मीना कुमारी ढकाल (४०१), देवकी कुमारी भण्डारी (३२३) र गोमा देवी आचार्य (२५७) मतसहित निर्वाचित हुनुभएको छ ।

प्रतिस्पर्धी झुपा पाण्डेले २१३, नयनकला खड्काले १२० र कमला कुमारी रिमालले १५६ मत प्राप्त गर्नु भयो ।

चार वर्षे कार्यकालका लागि निर्वाचित १५ जना सञ्चालकलाई प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पोषणराज लामिछानेले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

हाल केन्द्रीय सङ्घको सञ्जालमा १ हजार १ सय ५१ सदस्य संस्था आबद्ध छन् । सङ्घले ७७ ओटै जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरी करिब ९ लाख घरपरिवारका सदस्य किसानहरूलाई सेवा प्रवाह गर्दै आएको छ ।

The post नेपाल कृषि सहकारी केन्द्रीय सङ्घमा नयाँ नेतृत्व चयन, अध्यक्षमा एकराज उप्रेती appeared first on मानव आवाज.

]]>
परोपकार सहकारीको २४औँ वार्षिक साधारणसभा सम्पन्न https://www.manavaawaj.com/the-24th-annual-general-meeting-of-the-charity-cooperative-concluded/ Sat, 10 Jan 2026 09:24:04 +0000 https://www.manavaawaj.com/?p=9633 पोखरा । “मर्यादित सहकारी : समुन्नत समाज” भन्ने मूल नारासहित २०५८ सालमा स्थापना भएको परोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा महानगरपालिका–८, सृजनाचोकको २४औँ वार्षिक साधारण सभा २०८२ साल पुस २६ गते सम्पन्न भएको छ । साधारणसभाका प्रमुख अतिथि तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) की केन्द्रीय सञ्चालक कमलादेवी गिरीले ... Read more

The post परोपकार सहकारीको २४औँ वार्षिक साधारणसभा सम्पन्न appeared first on मानव आवाज.

]]>
पोखरा । “मर्यादित सहकारी : समुन्नत समाज” भन्ने मूल नारासहित २०५८ सालमा स्थापना भएको परोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा महानगरपालिका–८, सृजनाचोकको २४औँ वार्षिक साधारण सभा २०८२ साल पुस २६ गते सम्पन्न भएको छ ।

साधारणसभाका प्रमुख अतिथि तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) की केन्द्रीय सञ्चालक कमलादेवी गिरीले सहकारीका आबद्ध सदस्यहरूले आफ्नो सहकारीको अवस्था, बचत तथा कर्जाको समय–समयमा समीक्षा र अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

उहाँले पछिल्लो समय वर्षको एक दिन साधारणसभामा सहभागी भएर नाफा मात्र खोज्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको उल्लेख गर्नु भयो ।

सहकारी जोगाउने मुख्य जिम्मेवारी शेयर सदस्यकै भएको बताउँदै उहाँले सञ्चालक समिति र कर्मचारीमाथि दोषारोपण गर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नु भयो ।

समुदायमा आधारित सहकारीको अवधारणामा जोड दिँदै सहकारीमा सदस्यहरूको वर्गीकरण गरी स्वार्थी, निष्क्रिय र असल सदस्य छुट्याउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।

वार्षिक साधारण सभामा सहकारीका अध्यक्ष सोमनाथ बरालले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा २०८२/०८३ का प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नु भयो ।

त्यस्तै, कोषाध्यक्ष पुष्पराज सिग्देलले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक गंगाबहादुर थापाले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रस्तुत प्रतिवेदनहरूमाथि छलफलपछि सभाले सर्वसम्मत रूपमा पारित गरेको सहकारीका प्रबन्धक तोयराज बरालले जानकारी दिनु भयो ।

आर्थिक अवस्था प्रस्तुत गर्दै कोषाध्यक्ष सिग्देलले आर्थिक वर्ष २०८१/०८२ सम्म सहकारीको शेयर पुँजी ३ करोड ४६ लाख ८ हजार ५ सय रुपैयाँ पुगेको जानकारी दिनु भयो ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ सम्म शेयर पुँजी ३ करोड ४५ लाख २२ हजार ५ सय रुपैयाँ रहेको थियो ।

त्यसैगरी चालु आर्थिक वर्षमा सहकारीको कुल निक्षेप १० करोड १ लाख ५९ हजार ७ सय ४३ रुपियाँ पुगेको छ भने गत आर्थिक वर्षमा कुल निक्षेप १० करोड ५३ लाख ३१ हजार ७ सय ३७ रुपियाँ रहेको थियो ।

सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ७० लाख ८५ हजार रुपियाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

कार्यक्रममा ज्येष्ठ शेयर सदस्य पोखरा–८ की खिमावती बराल, उत्कृष्ट कर्जा कारोबारतर्फ पोखरा–८ की तिलकुमारी गिरी र पोखरा–७ का नारायणप्रसाद शर्मा सम्मानित हुनुभएको थियो ।

सहकारीका पूर्व अध्यक्ष तथा अधिकारकर्मी विष्णुप्रसाद बरालले “एक व्यक्ति, एक सहकारी” को अवधारणा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै सहकारी नाफामुखी मात्र नभई सेवामूलक भावनाबाट सञ्चालन हुनुपर्ने बताउनु भयो ।

केही सीमित व्यक्तिका कारण सहकारीहरू धरासायी हुँदै गएको अवस्थामा सबै सहकारीकर्मीले साझा धारणा बनाउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सल्लाहकार डा. श्रीकान्त शर्मा खतिवडा, विनियम पुनर्लेखन समितिका संयोजक प्रेमराज गिरी, सहकारी शिक्षा समिति तथा तालिम उपसमितिकी सदस्य सीता भट्टराई लगायत वक्ताहरूले बचत र ऋणको सही परिचालन नै सहकारीको मूल मूल्य–मान्यता भएको उल्लेख गर्दै पदाधिकारीहरूले कर्तव्यबोधका साथ जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो ।

सहकारीका अध्यक्ष सोमनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष गीता गौतम पौडेलले राख्नुभएको थियो भने सञ्चालन सचिव वसन्तप्रसाद चालिसेले गर्नुभएको थियो ।

The post परोपकार सहकारीको २४औँ वार्षिक साधारणसभा सम्पन्न appeared first on मानव आवाज.

]]>
दक्षिण ललितपुरको उज्यालो यात्राले २५ वर्ष पूरा गर्‍यो, स्मारिकाको तयारी https://www.manavaawaj.com/south-lalitpurs-ujjaya-yatra-completes-25-years-souvenirs-prepared/ Tue, 06 Jan 2026 14:19:27 +0000 https://www.manavaawaj.com/?p=9565 ललितपुर । एक समय अन्धकार र दुर्गमताको पर्याय मानिएको दक्षिण ललितपुर आज विद्युतीय उज्यालोको पहिचानसहित उभिएको छ । यही परिवर्तनको यात्राले २५ वर्ष पूरा गरेको अवसरमा दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडले आफ्नो रजत जयन्तीलाई इतिहासका रूपमा अभिलेखीकरण गर्ने तयारी थालेको छ । २०५४ सालमा ग्रामीण विद्युतीकरण अभियानका रूपमा स्थापना भई २०५७ साल साउन ... Read more

The post दक्षिण ललितपुरको उज्यालो यात्राले २५ वर्ष पूरा गर्‍यो, स्मारिकाको तयारी appeared first on मानव आवाज.

]]>
ललितपुर । एक समय अन्धकार र दुर्गमताको पर्याय मानिएको दक्षिण ललितपुर आज विद्युतीय उज्यालोको पहिचानसहित उभिएको छ ।

यही परिवर्तनको यात्राले २५ वर्ष पूरा गरेको अवसरमा दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडले आफ्नो रजत जयन्तीलाई इतिहासका रूपमा अभिलेखीकरण गर्ने तयारी थालेको छ ।

२०५४ सालमा ग्रामीण विद्युतीकरण अभियानका रूपमा स्थापना भई २०५७ साल साउन १७ गते औपचारिक दर्ता भएको उक्त सहकारी नेपालकै पहिलो विद्युत सहकारीका रूपमा परिचित छ ।

सहकारीले महाङ्काल, कोञ्ज्योसोम र बागमती गाउँपालिका तथा गोदावरी नगरपालिका–७ सहित १९ वटा वडामा विद्युत सेवा विस्तार गर्दै दक्षिण ललितपुरको सामाजिक, शैक्षिक र आर्थिक जीवनमा आमूल परिवर्तन ल्याएको छ ।

रजत जयन्तीलाई औपचारिक कार्यक्रममै सीमित नराख्ने उद्देश्यसहित सहकारीले पुस २१ गते पत्रकार भेटघाट आयोजना गर्दै स्मारिका प्रकाशनको प्रारम्भिक प्रक्रिया अघि बढाएको हो ।

सहकारीका अनुसार स्मारिकाले विद्युतीकरणको इतिहास, प्रभाव, उपलब्धि र आगामी सम्भावनालाई समेट्नेछ ।

कार्यक्रममा सहकारीका अध्यक्ष गोविन्दप्रसाद बजगाईंले दक्षिण ललितपुरको करिब दुईतिहाइ भूभागमा विद्युत विस्तार हुनु आफैंमा ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नु भयो ।

उहाँले स्मारिकालाई केवल संस्थाको उपलब्धि नभई समग्र दक्षिण ललितपुरको विकास यात्राको दस्तावेजका रूपमा तयार गरिने स्पष्ट पार्नु भयो ।

सहकारीका सचिव लोकबहादुर पुलामी (दीपक)ले आगामी चैत महिनाभित्र स्मारिका प्रकाशन गर्ने र डिजिटल संस्करणसमेत सार्वजनिक गर्ने योजना रहेको जानकारी दिनु भयो ।

छलफलमा सहभागी पत्रकारहरूले विद्युतीकरणले जनजीवनमा ल्याएको परिवर्तनलाई तथ्य, तथ्याङ्क र विश्लेषणसहित प्रस्तुत गर्न सुझाव दिएका थिए ।

उज्यालोसँगै देखिएका नयाँ चुनौतीमा बसाइँसराइ, सेवा व्यवस्थापन र दिगोपनाका प्रश्नलाई पनि समेट्नुपर्नेमा उनीहरूको जोड थियो ।

रजत वर्षको अवसरमा प्रकाशन हुने स्मारिकाले दक्षिण ललितपुरमा विद्युतीकरणले खेलेको ऐतिहासिक भूमिकालाई अभिलेखीकरण गर्नुका साथै भावी नीति निर्माण, अध्ययन र अनुसन्धानका लागि सन्दर्भ सामग्रीका रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ ।

The post दक्षिण ललितपुरको उज्यालो यात्राले २५ वर्ष पूरा गर्‍यो, स्मारिकाको तयारी appeared first on मानव आवाज.

]]>