पोखरा । पोखरा महानगरपालिका -१७, बिरौटामा रहेको असल छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनबाट तीन वर्षको कार्यकालका लागि रामप्रसाद सुवेदीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
संस्थाको उपाध्यक्षमा केशकुमारी भुजेल, सचिवमा तारादेवी सुवेदी र कोषाध्यक्षमा प्रदिप सुवेदी रहनु भएको निर्वाचन संयोजक तथा पत्रकार श्यामनाथ कुँवरले जानकारी दिनु भएको छ ।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा राजु गिरी, सीता परियार, श्रृजना ढुङ्गाना, डिल्लीराम शर्मा र सुनिता लामिछाने रहनु भएको छ ।
लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा मधु पन्थी चयन हुनु भएको छ भने सदस्यहरूमा झ्यामकुमारी पौडेल र मुनादेवी श्रेष्ठ रहनु भएको छ ।
