मानव आवाज

२०८३ असोज २५ गते
00: 00: 00
२०८३ असोज २५ गते

किसान जागरण बहुमुखी सहकारीको २७औँ साधारणसभा सम्पन्न

पोखरा । किसान जागरण बहुमुखी सहकारी संस्थाको २७औँ साधारण सभा पोखरा महानगरपालिका-७, मासबारस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा असोज २५ गते सम्पन्न भएको छ ।

साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, आयव्यय विवरण तथा आगामी योजनाबारे छलफल गरिएको थियो ।

सभामा संस्थाका अध्यक्ष लेखबहादुर केसीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी, लेखा सुपरिवेक्षण समितिका संयोजक अनिरुद्ध बरालले समितिको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष भोजराज बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाकी व्यवस्थापक तुलसीदेवी कोइरालाले आर्थिक वर्ष २०८२/८३ को आयव्यय विवरण, आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित बजेट, आर्थिक वर्ष २०८४/८५ को अनुमानित बजेट तथा लेखापरीक्षकको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सभामा प्रस्तुत प्रतिवेदन तथा बजेटमाथि छलफल गरी आवश्यक निर्णयसहित पारित गरिएको संस्थाले जनाएको छ । साधारणसभामा संस्थाको प्रगति, वित्तीय पारदर्शिता, संस्थागत विकास तथा भावी कार्ययोजनाका विषयमा समेत छलफल भएको थियो ।

संस्थाका अध्यक्ष लेखबहादुर केसीको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समिति सदस्य सृजना शर्माले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो । संस्थाकी उपाध्यक्ष दुर्गादेवी पराजुलीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचिव दीपक कार्कीले सञ्चालन गर्नुभएको थियो ।

साधारणसभाले संस्थाको आगामी कार्यदिशा तय गर्दै सदस्यहरूको हित अभिवृद्धि र सहकारीको संस्थागत विकासमा जोड दिएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार