मानव आवाज

२०८३ कात्तिक १४ गते
00: 00: 00
२०८३ कात्तिक १४ गते

पोखरा पर्यटन परिषद्को कोषाध्यक्षमा आचार्य मनोनित

पर्यटन व्यवसायीहरूको छाता सङ्गठन पोखरा पर्यटन परिषद्को कोषाध्यक्षमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्य मनोनित हुनुभएको छ ।

परिषद्को २६औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनबाट हरि भुजेलको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिलाई पूर्णता दिने क्रममा आचार्यलाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय आचार्यले यसअघि टान गण्डकीको अध्यक्षका रूपमा नेतृत्व गरिसक्नुभएको छ ।

पर्यटन प्रवर्धन तथा व्यवसायीहरूको हकहित संरक्षणमा निरन्तर क्रियाशील उहाँको अनुभवले पोखराको पर्यटन विकासमा थप योगदान पुग्ने विश्वास लिइएको छ ।

सन् १९९८ देखि पर्यटन क्षेत्रमा सक्रिय आचार्यले अध्ययनसँगै पार्टटाइम कामका रूपमा ट्रेकिङ क्षेत्रमा आफ्नो यात्रा सुरु गर्नुभएको थियो ।

सहायक गाइडका रूपमा काम सुरु गर्नुभएका उहाँले अनुभव र निरन्तरको सक्रियतासँगै पर्यटन व्यवसायमा आफ्नो छुट्टै पहिचान स्थापित गर्नुभएको छ ।

सन् २००८ मा उहाँले इथिकल ट्रेकिङ नेपाल स्थापना गरी पर्यटन व्यवसायलाई संस्थागत रूपमा अघि बढाउनुभएको थियो ।

पर्यटन क्षेत्रका विभिन्न सङ्घसंस्थाबिच समन्वय र सहकार्य गर्दै आएको पोखरा पर्यटन परिषद्ले पोखराको पर्यटन प्रवर्धन, विकास तथा व्यवसायीहरूको हकहितका लागि काम गर्दै आएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार