मानव आवाज

२०८३ कात्तिक १४ गते
00: 00: 00
२०८३ कात्तिक १४ गते

गण्डकीका अधिकांश स्थानमा वर्षा, मनाङको तालमा सबैभन्दा बढी

पोखरा । गण्डकी प्रदेशका ११ जिल्लामध्ये अधिकांश स्थानमा पछिल्लो २४ घण्टामा मध्यम वर्षा भएको छ । केही स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी वर्षा मापन गरिएको छ ।

स्वचालित मौसम मापन केन्द्रहरूबाट प्राप्त विवरणअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मनाङ जिल्लाको तालस्थित मौसम मापन केन्द्रमा भएको छ । उक्त केन्द्रमा १११ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको हो ।

विभिन्न स्थानमा अझै वर्षा भइरहेको र थप वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले सुरक्षित स्थानमा रहन, जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न तथा मौसमसम्बन्धी अद्यावधिक सूचना लिन सम्बन्धित निकायले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार