मानव आवाज

२०८३ कात्तिक १४ गते
00: 00: 00
२०८३ कात्तिक १४ गते

मदन भण्डारी फाउन्डेसन कास्कीद्वारा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना

पोखरा । विभिन्न चाडपर्वको अवसरमा आपसी सद्भाव, सामाजिक एकता तथा सांस्कृतिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले मदन भण्डारी फाउन्डेसन, जिल्ला कार्यसमिति कास्कीले विशेष सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

फाउन्डेसनको आयोजनामा २०८३ कात्तिक २१ गते दिउँसो १ बजे पोखरा सभागृहमा कार्यक्रम हुन लागेको हो ।

विजया दशमी, दिपावली, नेपाल सम्वत्, छठ तथा ल्होछारलगायतका चाडपर्वको अवसर पारेर कार्यक्रम आयोजना गर्न लागिएको फाउन्डेसनका कास्की जिल्ला अध्यक्ष माधव बाँस्तोलाले जानकारी दिनुभयो ।

अध्यक्ष बाँस्तोलाका अनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरूको विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ ।

कार्यक्रममा सहभागी भई सांस्कृतिक प्रस्तुतिको आनन्द लिन तथा शुभकामना आदानप्रदानमा सहभागी हुन फाउन्डेसनले सम्पूर्ण सर्वसाधारणमा हार्दिक अनुरोध गरेको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार