मानव आवाज

२०८३ कात्तिक १२ गते
00: 00: 00
२०८३ कात्तिक १२ गते

आगलागीबाट घर र गोठ जलेर नष्ट, कार्की परिवार बिचल्लीमा

सिन्धुली । कमलामाई नगरपालिका-८, पुरानो करकरेमा आगलागी हुँदा बोझबहादुर कार्कीको घर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

आगलागीबाट गाईवस्तु, धान, मकै, नगद, गरगहनालगायतका सामग्री नष्ट हुँदा करिब ८० लाख रुपियाँभन्दा बढीको क्षति भएको पीडित कार्कीले बताउनुभएको छ ।

२०८३ कात्तिक ११ गते बुधबार दिउँसो भएको आगलागीबाट घर र गोठ पूर्ण रूपमा नष्ट भएका हुन् । आगलागी कसरी सुरु भयो भन्नेबारे आफूलाई जानकारी नभएको कार्कीले बताउनुभयो ।

आगलागीबाट घर र गोठमा रहेका खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनयापनका लागि आवश्यक सामग्रीसमेत जलेर नष्ट भएका छन् ।

घरबारविहीन बनेपछि कार्की परिवारलाई तत्काल बसोबास, खाद्यान्न, लत्ताकपडा तथा अन्य आधारभूत आवश्यकताको व्यवस्था गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

अचानक भएको आगलागीबाट ठूलो क्षति व्यहोर्नुपरेपछि परिवारको दैनिकीसमेत प्रभावित बनेको छ । विपत्तिका कारण बिचल्लीमा परेको परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाको आवश्यकता देखिएको छ ।

कमलामाई नगरपालिका-८ का वडाध्यक्ष कोमलबहादुर श्रेष्ठले आगलागीबाट प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

उहाँले घटनाबाट भएको क्षतिको विवरण सङ्कलन गरी पीडित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

आगलागीबाट घरबारविहीन बनेको कार्की परिवारलाई सुरक्षित आवास, खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन स्थानीय सरकार, वडा कार्यालय तथा सम्बन्धित विपद् व्यवस्थापन निकायले पहल गर्नुपर्ने देखिएको छ ।

विपत्तिमा परेका परिवारलाई समयमै राहत उपलब्ध गराउनुका साथै घर पुनर्निर्माण र दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न सके पीडित परिवारलाई सामान्य जीवनमा फर्कन सहज हुने अपेक्षा गरिएको छ ।

कार्कीले ८०ला रुपियँभन्दा बढीको क्षति भएको बताउनुभएपनि आधिकारिक निकायबाट क्षतिका बारेमा कुनै जानकारी दिइएको छैन ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार