मानव आवाज

२०८३ कात्तिक १२ गते
00: 00: 00
२०८३ कात्तिक १२ गते

तीनपाटनमा सञ्चालित आँखा शिविरमा ११७ जनाको परीक्षण, १३ जनामा मोतिबिन्दु

सिन्धुली । तीनपाटन गाउँपालिका,लाम्पानटारस्थित तीनपाटन आधारभूत अस्पतालमा सञ्चालित मोतिबिन्दु छनोट शिविरमा १ सय १७ जनाको आँखा परीक्षण गरिएको छ ।

परीक्षणका क्रममा १३ जना मोतिबिन्दुका बिरामी शल्यक्रियाका लागि छनोट भएका छन् भने ६ जनालाई निःशुल्क चश्मा वितरण गरिएको अस्पतालले जनाएको छ ।

२०८३ साल कात्तिक ११ गते नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

शिविर तिलगङ्गा आँखा प्रतिष्ठान, काठमाडौं, Nge Alik Tee and Zhang Wen’s Family, Singapore तथा Good Vision Nepal को सहयोगमा सम्पन्न भएको हो ।

शिविरको संयोजन तथा व्यवस्थापन तीनपाटन गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी लाम्पानटार उपशाखाले गरेका थिए ।

शिविरमार्फत स्थानीय नागरिकको आँखा परीक्षण गरी मोतिबिन्दुको समस्या पहिचान गर्नुका साथै आवश्यक शल्यक्रियाका लागि बिरामी छनोट गरिएको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा आँखा स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष धनबहादुर अशोक पुलामीले बताउनुभयो ।

आँखा स्वास्थ्य सेवासम्बन्धी विभिन्न संस्था तथा निकायको सहकार्यले स्थानीय नागरिकलाई आँखा परीक्षण तथा उपचारसम्बन्धी सेवा प्राप्त गर्न सहयोग पुगेको नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका सभापति अशोक श्रेष्ठले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्रमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न यस्ता शिविरले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार