पोखरा । पोखरा महानगरपालिका-८ का स्थायी बासिन्दा तथा सामाजिक अभियन्ता एवम् सञ्चारकर्मी कृष्णबहादुर थापाले ८६औँ पटक रक्तदान गर्नुभएको छ ।
उहाँले २०८३ कात्तिक १० गते १९ दिनकी एक बालिकालाई नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा, सृजनाचोक कार्यालयमा आकस्मिक रूपमा रगत उपलब्ध गराउनुभएसँगै उहाँले रत्तदान गर्नुभएको ८६ औँ पटक पुगेको हो ।
यसअघि ८५ पटक रक्तदान गरेको ९१ दिन पूरा भएपछि थापाले पुनः रक्तदान गरेको बताउनुभएको छ । उहाँले १९ दिनकी बालिकालाई आवश्यक परेको समयमा रगत उपलब्ध गराएर उपचारमा सहयोग पुर्याउनुभएको छ ।
निरन्तर सामाजिक सेवा र मानवीय कार्यमा सक्रिय रहँदै आउनुभएका थापाले रगतको अभावमा रहेका बिरामीलाई सहयोग गर्दै आउनुभएको छ ।
उहाँको यस कार्यले आकस्मिक अवस्थामा रगत आवश्यक पर्ने बिरामीलाई समयमै सहयोग जुटाउन रक्तदाताको भूमिका कति महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ ।
नियमित रक्तदान गर्दै आएका र पछिल्लो पटक रक्तदान गरेको ९० दिन पूरा भइसकेका स्वयंसेवी रक्तदातालाई समयमै रक्तदान गर्न उपस्थित भई यस मानवीय अभियानमा सहभागी हुन उहाँले विशेष अनुरोध गर्नुभएको छ ।