मानव आवाज

२०८३ कात्तिक ११ गते
00: 00: 00
२०८३ कात्तिक ११ गते

मापसे र लापसे गरी सवारी चलाउने सात जना चालक पक्राउ

पोखरा । मादक पदार्थ  सेवन (मापसे) तथा लागूऔषध सेवन (लापसे) गरी सवारीसाधन चलाउने सात जना चालकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८३ कात्तिक ९ गते दिउँसो साढे २ बजेदेखि पोखरा महानगरपालिका-३० स्थित पावरहाउस चोकको पृथ्वी राजमार्ग खण्डमा सवारी चालकको जाँच गरिएको थियो ।

इलाका प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय गगनगौंडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गरेको जाँचका क्रममा एक जना चालकले मादक पदार्थ सेवन र ६ जना चालकले लागूऔषध सेवन गरी सवारी चलाएको पाइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सातै जना चालकविरुद्ध थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार