सिन्धुली । सिन्धुलीमा सडक किनारमा रोकिराखेको कारलाई बसले ठक्कर दिँदा कारसहित बेपत्ता भएका तीनै जनाको पहिचान खुलेको छ ।
कारसहित सुनकोशी नदीमा हराउनुभएकोमा सिन्धुपाल्चोक जुगल-७ का पूर्ववडाध्यक्ष एवम् ठेकेदार दिलकुमार लामा, एक्स्काभेटर चालक गोलञ्जोर गाउँपालिका-१ डुड्भञ्ज्याङका गणेश थापा र तीनपाटन गाउँपालिका-९ डाँडाखर्कका १७ वर्षीय सुजन बलम्पाकी मगर रहनुभएको प्रहरीले जनाएको छ ।
बसको ठक्करपछि कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता
फिक्कल गाउँपालिका-२ स्थित नवलपुरमा २०८३ साउन १८ गते बिहान करिब साढे १० बजे सडक किनारमा रोकिराखेको कारलाई बसले ठक्कर दिएको थियो ।
इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको गोताखोर टोलीले हराएकाहरूको खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ ।