सिन्धुली । भोटेकोसीमा आएको विनाशकारी बाढीपछि पूर्वसांसद तथा नेपाली कम्युनिष्ट पार्टीका नेता राजन दाहालको नेतृत्वमा वाईसीएल नेपालसहित विभिन्न युवा तथा स्वयम्सेवकहरू उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा सक्रिय भएका छन् ।
दाहाल स्वयम् प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारसँग भेटघाट गर्दै उनीहरूको अवस्था र तत्कालीन आवश्यकताबारे जानकारी लिइरहनुभएको छ ।
होल्डिङ सेन्टरमा लामो समयदेखि बसिरहेका बाढीपीडित थकित र मानसिक रूपमा समेत समस्यामा रहेको भन्दै दाहालले अस्थायी शिविरमा मात्र राखेर समस्या समाधान नहुने बताउनुभएको छ ।
उहाँले तत्काल अस्थायी आवास निर्माण गरी पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राहतसँगै प्रभावित नागरिकको पुनःस्थापना र पुनर्निर्माणको काम युद्धस्तरमा अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।
विपत्तिको समयमा राजनीतिक आस्था र विभाजनभन्दा माथि उठेर सबै पक्ष एकजुट भई बाढीपीडितको जीवन पुनःस्थापनामा लाग्नुपर्ने दाहालले बताउनुभएको छ ।