मानव आवाज

२०८३ बैशाख २१ गते
00: 00: 00
२०८३ बैशाख २१ गते

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा ऐक्यबद्धता र्‍याली

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा २०८३ वैशाख २० गते नेपाल पत्रकार महासङ्घले ऐक्यबद्धता पदयात्रा (र्‍याली) आयोजना गरेको छ ।

‘शान्तिपूर्ण भविष्यको निर्माण: मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्धन’ भन्ने नारासहित आयोजित पदयात्रा बिहान माइतीघर मण्डलाबाट सुरु भई नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

सभामा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले प्रेस स्वतन्त्रताको अवस्थासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुभयो ।

उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मानव अधिकारको अभिन्न अङ्ग भएकाले यसको हनन् भएमा आयोग रक्षाका लागि सधैं तत्पर रहने बताउनुभयो ।

महासङ्घकी अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संवैधानिक हक भएकाले यसलाई कुण्ठित गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै अवरोध आएमा कानुनी उपचारका साथै स्वतन्त्रताको पक्षमा नैतिक समर्थन रहने जानकारी दिनुभयो ।

Author

Related News