मानव आवाज

२०८३ बैशाख १९ गते
00: 00: 00
२०८३ बैशाख १९ गते

गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् उद्धार सामग्री वितरण

सिन्धुली सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले विपद्का समयमा उद्धार कार्यलाई प्रभावकारी बनाउन चार ओटा प्रहरी चौकीलाई आवश्यक सामग्री वितरण गरेको छ ।

गाउँपालिकाभित्र पर्ने क्यानेश्वर, महेन्द्रझ्याडी, झनझने र गुर्जी प्रहरी चौकीलाई विपद् प्रतिकार्यका लागि १५ प्रकारका सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले जानकारी दिनुभयो ।

विपद् व्यवस्थापन शाखाका प्रमुख राजु उप्रेतीका अनुसार बन्चरो, गमबुट, भेरी लाइट, फर्स्ट एड बक्स, रेस्क्यु बेल्ट, पिक, सावेल, गल, फरुवा, कोदालो, सेफ्टी हेल्मेट, टर्चलाइट, डेड बडी ब्याग, स्टेचर र पञ्जा लगायतका सामग्री वितरण गरिएको हो ।

उक्त सामग्री गाउँपालिकाका अध्यक्ष वाइबाले सम्बन्धित प्रहरी चौकीका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा अध्यक्ष वाइबाले जुनसुकै बेला विपद् आउन सक्ने भएकाले पूर्वतयारी र सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो ।

यस क्षेत्रमा चट्टान खस्ने, बाढी र पहिरो जस्ता जोखिम बढी हुने भएकाले समयमै सावधानी अपनाई जनताको सुरक्षामा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

Author

Related News