मानव आवाज

२०८३ जेष्ठ २५ गते
00: 00: 00
२०८३ जेष्ठ २५ गते

सांसद राईद्वारा आवासको हकलाई सम्मान गर्न आग्रह

हेटौँडा । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्कराज साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सबैले सम्मान गर्नुपर्ने बताउँदै सरकारले यस्तो अधिकारको सम्मान गर्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

हेटौँडा उपमहानगरपालिका-११ सिमलटारस्थित सुकुमवासी बस्तीका स्थानीयसँग २०८३ वैशाख २६ गतेको छलफलमा उहाँले संविधानले सुरक्षित गरेको आवासको हक संरक्षण र सम्मानका लागि सरकारप्रतिको संशय चिर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष राईले सुकुमबासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बसोबासको सुनिश्चितता गरेर मात्रै बाँकी काम गर्न सरकारलाई सुझाव दिनुभयो ।

उहाँले सुकुमबासी बस्तीमा सरकारले डोजर लगाएकोमा सुरूदेखि नै आलोचना गर्दै आउनुभएको छ ।

Author

Related News