मानव आवाज

२०८३ कात्तिक १ गते
00: 00: 00
२०८३ कात्तिक १ गते

फूलपातीको साइत ७ बजेर ३७ मिनेटमा

ललितपुर । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २०८३ असोज ३१ गते बिहान ७ बजेर ३७ मिनेटमा फूलपाती भित्र्याउने उत्तम साइत छ ।

फूलपाती नेपाली हिन्दू संस्कृतिको महत्त्वपूर्ण परम्परा हो । आज विशेषगरी घरघरमा नवदुर्गाको पूजाआराधना गर्दै फूलपाती भित्र्याउने चलन छ ।

फूलपातीलाई देवी दुर्गाको शक्ति, समृद्धि र मङ्गलको प्रतीकका रूपमा लिइन्छ । स्थान र परम्पराअनुसार शास्त्रमा नौ प्रकारका फूलपातीको उल्लेख गरिएको छ ।

केरा, बेसार, हलेदो, जयन्ती, बेल, अनार, अशोकको वृक्ष, माने कर्कलो र धान गरी नौ पत्रिका मानिएका छन् ।

परम्पराअनुसार गोरखाबाट ल्याइएको फूलपातीलाई विधिपूर्वक काठमाडौँ ल्याएर हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याउने गरिन्छ । 

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार