मानव आवाज

२०८३ असार १२ गते
00: 00: 00
२०८३ असार १२ गते

गोलन्जोरको बजेट ५६ करोड ३३ लाख रुपियाँको

सिन्धुली । गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५६ करोड ३३ लाख ८३ हजार १ सय १० रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाको १९ औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

सीमित स्रोतसाधन र विविध चुनौतीका बाबजुद पालिकाको मूल मर्म, भावना तथा नागरिकका आवश्यकता आत्मसात् गर्दै बजेट ल्याइएको उहाँले बताउनुभयो ।

उपाध्यक्ष न्यौपानेका अनुसार बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायत जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखिएको छ ।

मानवअधिकारसम्बन्धी कार्यक्रमलाई समेत बजेटमा समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले आधारभूत सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिकको जीवनस्तर उकास्ने, पूर्वाधार विकासलाई तीव्रता दिने तथा समावेशी र दिगो विकासका कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ ।

सोही अवसरमा गाउँपालिकाका अध्यक्ष शङ्‌कर बरालले उपाध्यक्ष न्यौपानेलाई बजेट पुस्तिका हस्तान्तरण गर्नुभएको थियो ।

गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत जनमुखी विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ ।

Author

Share the News

Recent News

Related News