ललितपुर । ललितपुर जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको सङ्ख्या २ प्रतिशतले बढी छ ।
तर, महिला उम्मेदवार भने १२ प्रतिशत मात्रै रहेबाट राजनीतिक दलले महिला सहभागिताका बारेमा विभिन्न मञ्चमा बोलेका र आफ्नै दस्तावेजमा उल्लेख गरेका विषयप्रतिको गाम्भीर्यता झल्काएको छ ।
तीन ओटै क्षेत्रबाट महिला उम्मेदवार बनाउने दलमा नेपाल मजदुर किसान पार्टी रहेको छ । यसअघिका निर्वाचनमा ललितपुरमा नेमकिपाको प्रभाव छैन ।
ललितपुर क्षेत्र नं १ बाट नेमकिपाले सरीता गोसाई देशारलाई र राष्ट्रिय प्रजातन्त्र पार्टीले सजिना कार्कीलाई उम्मेदवार बनाएको छ ।
क्षेत्र न २ बाट नेमकिपाले चिरिमैया महर्जन र जसपा नेपालले रीहिणी कस्तीलाई उम्मेदवार बनाएको छ ।
क्षेत्त नं ३ बाट भने यसअघिकी सांसद एवम् पूर्व स्वास्थ्य राज्य मन्त्री तोसीमा कार्कीलाई नै उम्मेदवार बनाएको छ ।
यो क्षेत्रबाट नेमकिपाले रमीला महर्जनलाई र जसपा नेपालले कृष्णदेवी महर्जनलाई उम्मेदवार बनाएको छ ।
ललितपुर जिल्लाका तीन ओटै निर्वाचन क्षेत्रमा कुल २ लाख ६९ हजार २ सय ५६ मतदाता रहेका छन् ।
तथ्याङ्क अनुसार पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या ६ हजार १ सय ५८ ले बढी छ ।
(उम्मेदवार र मतदाता एवम् केन्द्रको सूचीसहित)