मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

आरोपितको गोपनीयता: तस्वीर र भिडियो सार्वजनिक नगर्न प्रहरीलाई निर्देशन

ललितपुर । अबदेखि पक्राउ परेका व्यक्तिहरूको तस्वीर र भिडियो सार्वजनिक गर्न प्रहरीले रोक लगाउने भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले २०८२ साउन ५ गते सम्पूर्ण प्रहरी कार्यालयहरूलाई परिपत्र गर्दै, प्रेस मिट वा सञ्चारमाध्यमलाई जानकारी दिने क्रममा समेत आरोपितको कुनै पनि दृश्य सामग्री सार्वजनिक नगर्न स्पष्ट निर्देशन दिएको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, यो कदम महान्यायाधिवक्ता कार्यालयको सिफारिसपछि उठाइएको हो।

महान्यायाधिवक्ता कार्यालयले २०८२ असार १९ गते आरोपितको तस्वीर वा भिडियो सार्वजनिक नगर्ने निर्णय गर्दै प्रहरी प्रधान कार्यालयलाई औपचारिक पत्र पठाएको थियो।

प्रहरीको भनाइमा यो निर्णय आरोपितको हक र गोपनीयता संरक्षणसँग सम्बन्धित छ। तथापि, यदि कुनै जघन्य अपराधमा संलग्न व्यक्तिको तस्वीर वा भिडियो सार्वजनिक नगर्दा समाजमा थप जोखिम बढ्ने अवस्था भएमा, प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको स्वीकृतिपछि मात्र सार्वजनिक गर्न सकिने व्यवस्था राखिएको छ।

यस निर्णयपछि अब आरोपितका तस्वीर वा भिडियो सहजै सार्वजनिक हुने प्रवृत्तिमा पूर्णविराम लाग्ने देखिएको छ।

मानव अधिकारका दृष्टिले यस कदमलाई स्वागत योग्य भनिएको छ । आरोपितले अनुसन्धानका क्रममा सफाई फाए भने पनि तस्वीर सार्वजनिक गर्ने परम्पराले समाजमा नकारात्मक असर बाँकी रहिरहने गरेको थियो ।

अपराध पुष्टि नभएसम्म आरोपित पनि निरपराध हुन्छन् भन्ने विषयलाई यो परिपत्रले आत्मसात गरेको अधिकारकर्मीहरूको टिप्पणी छ ।

Author

Related News