मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

नेपाल- भारत साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स हस्तान्तरण

मधु पन्थी, पोखरा।

पोखरामा आयोजित एक कार्यक्रमका बिच भारत सरकारले गण्डकी प्रदेशका स्वास्थ्य सङ्घसंस्थालाई २०८२ जेठ ३१ गते एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

पेन्सन वितरण कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्तसिंह बघेलले स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नु भयो ।

उहाँले एम्बुलेन्स हस्तान्तरणपछि बोल्दै दुई देशबिच मित्रताको प्रतीक स्वरूप नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स प्रदान गरिएको बताउनु भयो ।

तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकास्थित मनपाङ हेल्थपोष्ट र आँबुखैरेनी अस्पताललाई एक–एक ओटा एम्बुलेन्स दिइएको छ ।

यस्तै गोरखा जिल्ला अस्पताल र गोरखा वडानं ६ ले एकएक ओटा एम्बुलेन्स पाएका छन् । पर्वतको आर्थर डाँडाखर्क हेल्थ पोष्ट, स्याङ्जाको गल्याङ नगर अस्पताल, म्याग्दीको बेनी अस्पताललाई पनि एकएक ओटा एम्बुलेन्स वितरण गरिएको पेन्सन क्याम्प पोखराका जनसम्पर्क अधिकारी भरतभूषण पाण्डेले जानकारी दिनु भयो ।

Author

Related News