मानव आवाज

२०८३ श्रावण २३ गते
00: 00: 00
२०८३ श्रावण २३ गते

सिन्धुलीमा ग्यास लुकाउने र बढी मूल्य लिने व्यवसायीलाई कारबाही हुने

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले ग्यास सिलिन्डर मौज्दात हुँदाहुँदै अभाव रहेको भन्दै लुकाउने, बढी मूल्य लिने तथा आफूनिकट व्यक्ति, होटल, व्यवसायी वा ग्राहकलाई मात्र बिक्री वितरण गर्ने व्यवसायीलाई कानुनबमोजिम कारबाही गर्ने जनाएको छ ।

कार्यालयले २०८३ साउन २२ गते सूचना जारी गर्दै जिल्लाभित्र खाना पकाउने एलपी ग्यास सहज रूपमा प्राप्त नभएको उपभोक्ताबाट गुनासो आएपछि ग्यासको बिक्री वितरणमा कडाइ गरिएको जनाएको हो ।

प्रशासनका अनुसार ग्यासको आपूर्ति तथा बिक्री वितरणको अवस्थाबारे प्रशासन कार्यालय र अधिकारप्राप्त अन्य निकायबाट नियमित अनुगमन तथा सूक्ष्म निगरानी भइरहेको छ ।

उपभोक्ताको हकहितलाई ध्यानमा राख्दै ग्यास सिलिन्डरको सहज, नियमित र नियमबद्ध रूपमा बिक्री वितरण गर्न डिपो, पसल, कम्पनी तथा सम्बन्धित संस्थाहरूलाई प्रशासनले अनुरोध गरेको छ ।

ग्यास मौज्दात हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गर्ने, लुकाई–छिपाई गर्ने, तोकिएकोभन्दा बढी मूल्य असुल्ने वा पहुँचका आधारमा मात्र बिक्री गर्ने जस्ता गतिविधि गरेको पाइएमा सम्बन्धित व्यवसायीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

प्रशासनले ग्यासको बिक्री वितरणमा कुनै गलत वा अनियमित गतिविधि भएको थाहा पाएमा तत्काल जानकारी गराउन सर्वसाधारण तथा उपभोक्तालाई आग्रह गरेको छ ।

त्यसका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीका ९८५४०७७७१३९८४२४७३३३३ तथा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको ९८५४०६५५५६ नम्बरमा सम्पर्क गरी सूचना दिन सकिने जनाइएको छ ।

Author

Share the News

Recent News

Related News