मानव आवाज

२०८३ भदौ २१ गते
00: 00: 00
२०८३ भदौ २१ गते

चुरे संरक्षणसम्बन्धी वक्तृत्वकला प्रतियोगितामा प्रमिशा काफ्ले पहिलो

सिन्धुली । चुरे उत्थानशील आयोजना, प्रदेश आयोजना व्यवस्थापन इकाई सिन्धुलीको आयोजनामा विद्यालय संरक्षण शिक्षा अभियानअन्तर्गत ‘चुरे संरक्षणमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

चुरे उत्थानशील आयोजना सिन्धुलीका प्रमुख चुडामणि खतिवडाको अध्यक्षतामा २०८३ असार २१ गते सम्पन्न कार्यक्रममा विद्यालय संरक्षण शिक्षा अभियान सञ्चालन भइरहेका जिल्लाका तीन ओटा स्थानीय तहअन्तर्गत १३ सामुदायिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले चुरे संरक्षणमा युवा पुस्ता, विशेषगरी विद्यार्थीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा राखेका थिए ।

उनीहरूले चुरे क्षेत्रमा हुने वन विनाश, अनियन्त्रित उत्खनन, डढेलो, भूक्षय तथा अन्य वातावरणीय समस्याका कारण प्राकृतिक स्रोत, जैविक विविधता र पानीका मुहानमा गम्भीर असर परेको उल्लेख गर्दै यसको संरक्षण सबैको साझा दायित्व भएको बताएका थिए ।

प्रतियोगितामा १२ प्रतिस्पर्धीलाई पछि पार्दै जनजागृति माध्यमिक विद्यालय, भीमानकी छात्रा प्रमिशा काफ्ले पहिलो हुनुभयो ।

त्यसैगरी भवानी माध्यमिक विद्यालय, भीमस्थानकी प्राश्ना काफ्ले दोस्रो तथा नवज्योति माध्यमिक विद्यालय, गिजीहानीकी बासुका फुँयाल तेस्रो हुनु भयो ।

जनजागरण आदर्श माध्यमिक विद्यालय, हर्साहीकी खुसी अधिकारी र चन्द्रावती माध्यमिक विद्यालय, तीनपाटन–१ बेलघारीकी शोभा विकले सान्त्वना पुरट्ठकार पाउनुभयो ।

पहिलो, दोस्रो, तेस्रो तथा सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः १० हजार, ८ हजार, ६ हजार तथा दुई जना सान्त्वना विजेतालाई जनही २ हजार ५ सय रुपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालय संरक्षण शिक्षा अभियान सञ्चालन भइरहेका विद्यालयका शिक्षक, विद्यार्थी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार