मानव आवाज

२०८३ असार १४ गते
00: 00: 00
२०८३ असार १४ गते

सिन्धुलीका सबै स्थानीय तहले ल्याए आगामी आर्थिक वर्षको बजेट

सिन्धुली जिल्लाका नौ ओटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।

अधिकांश स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै बजेट ल्याएका हुन् ।

कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र घ्याङलेख गाउँपालिकाले असार १० गते बजेट सार्वजनिक गरेका हुन् ।

हरिहरपुरगढी गाउँपालिकाले असार ५ गते, मरिण गाउँपालिकाले असार ७ गते र फिक्कल गाउँपालिकाले असार ८ गते बजेट सार्वजनिक गरेका थिए ।

स्थानीय तहहरूले कृषि उत्पादन वृद्धि, खानेपानी, स्वास्थ्य सेवा, शिक्षा, सडक तथा अन्य पूर्वाधार विकास, रोजगारी सिर्जना, विपद् व्यवस्थापन, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा वातावरण संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।

कमलामाई नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब २६ करोड ६७ लाख ८६ हजार ९ सय ९५ रुपियाँ बराबरको बजेट ल्याएको छ ।

नगरसभाको १७औँ अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले प्रभावकारी सेवा प्रवाह, सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि तथा सामाजिक विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो । बजेट नगर उपप्रमुख मञ्जु देवकोटाले प्रस्तुत गर्नुभएको थियो ।

तीनपाटन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ८० करोड ६८ लाख ८१ हजार ६ सय ६० रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

सुनकोशी गाउँपालिकाले यसअघि असार ५ गते नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि बुधबार ६७ करोड ५८ लाख रुपियाँको बजेट ल्याएको छ ।

गाउँपालिकाका उपाध्यक्ष कपिलकुमार कोइरालाले कृषि उत्पादन वृद्धि, खानेपानीको पहुँच विस्तार, स्वास्थ्य, शिक्षा तथा अधुरा पूर्वाधार आयोजना सम्पन्न गर्न बजेट केन्द्रित गरिएको जानकारी दिए ।

यस्तै, फिक्कल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष राजु बरालले विकास निर्माणसँगै आधारभूत सेवा प्रवाहलाई प्रभावकारी बनाउने गरी बजेट विनियोजन गरिएको बताए ।

Author

Share the News

Recent News

Related News