मानव आवाज

२०८२ चैत्र ४ गते
00: 00: 00
२०८२ चैत्र ४ गते

समानुपातिक सांसदलाई प्रमाणपत्र चैत ५ गते

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदहरूलाई २०८२ चैत ५ गते प्रमाणपत्र दिने जनाएको छ ।

बिहान ११ बजे आयोगको प्राङ्गण कान्तिपथमा एक समारोहका बिच समानुपातिक प्रणालीबाट निर्वाचित सांसदरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको हो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिकतर्फ १ सय १० जना निर्वाचित भएका छन् ।

प्रत्यक्षतर्फ निर्वाचित भएका १ सय ६५ जनाले यसअघि नै प्रमाणपत्र पाइसकेका छन् । सांसदहरूको शपथ भने चैत १२ गते गर्ने तयारी रहेको जनाइएको छ ।

यो निर्वाचनबाट ६ ओटा राजनीतिक दल राष्ट्रिय दलका रूपमा आएका छन् । १ सय ८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल भएको छ ।

कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले तेस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी चौथो दलका रूपमा रहेको छ ।

यस पटकको चुनावबाट उदाएको श्रम संस्कृति पार्टी सात सिटसहित पाँचौँ र राप्रपा पाँच सिटसहित छैठौँ दलका रूपमा छ । एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

Author

Related News