मानव आवाज

२०८३ असार १८ गते
00: 00: 00
२०८३ असार १८ गते

थमन बिक हत्या प्रकरणः कोइरीसहित नौ जनालाई जेल सजाय

जनकपुरधाम । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो कोइरी र मधेश प्रदेशसभाका निलम्बित सदस्य अभिराम शर्मा सहित ६ जनालाई पाँच वर्ष कैद तथा तीन जनाको जन्मकैद सजायलाई सदर गरेको छ । 

थमन बिक

कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पूर्वसांसद महतो, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशङ्कर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्ष कैदको सजाय सुनाएको हो । 

प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी महलअन्तर्गत दोषी ठहर गर्दै जन्मकैदको सजाय दिने महोत्तरी जिल्ला अदालतको फैसला उच्च अदालतले सदर गरेको छ । अदालतका अनुसार मृतक असई थमन विकको ज्यान कुटपिटका कारणबाट गएको पुष्टि भएको छ । 

पूर्वसांसद महतोसहित पाँच वर्ष कैद सजाय पाएकाहरूले प्रत्यक्ष रूपमा कुटपिट गरेको वस्तुनिष्ठ प्रमाण नभेटिए पनि सहअभियुक्तहरूको पोलयुक्त बयानका आधारमा ज्यान मार्ने कार्यमा संलग्न रहेको ठहर गर्दै अदालतले सजाय निर्धारण गरेको हो । 

असई थमन विकको ज्यान २०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा महोत्तरीमा आन्दोलनकारीको कुटपिटबाट घाइते भएपछि उपचारका लागि एम्बुलेन्समा सवार भएका बेलामा थुतेर कुटपिट गरेपछि गएको थियो । 

Author

Share the News

Recent News

Related News