सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई २०८३ भदौ १ गते रिहा गर्न आदेश दिएको छ ।
न्यायाधिशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको हो ।
श्रेष्ठलाई गैरकानुनीरुपमा गिरफ्तार गरिएको भन्दै उहाँकी पत्नी सरस्वती श्रेष्ठले बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो ।
जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्वीरका कारण वैयक्तिक गोपनीयताको हक हनन् भएको भन्दै प्रहरीले श्रेष्ठलाई २०८३ साउन २७ गते पक्राउ गरेको थियो ।
श्रेष्ठले समाचारमा राखेको तस्वीर जाहेरवाला आफैँले सामाजिक सञ्जालमा प्रविष्ट गरेको देखिएको र उक्त तथ्यलाई विपक्षीले खण्डन नगर्न नसकेको आदेशमा उल्लेख गरिएको छ ।
सम्बन्धित समाचार
मानवअधिकारकर्मीद्वारा पत्रकार किशोर श्रेष्ठको तत्काल रिहाइको माग
पत्रकार श्रेष्ठको गिरफ्तारीप्रति विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहाइको माग
वरिष्ठ पत्रकार श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलले जनायो गम्भीर ध्यानाकर्षण
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ: प्रेस स्वतन्त्रतामाथि प्रहार !