मानव आवाज

२०८३ भाद्र १ गते
00: 00: 00
२०८३ भाद्र १ गते

नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय मानवअधिकार विभागमा २७ सदस्य

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले मानवअधिकार विभागलाई पूर्णता दिँदै २७ सदस्यीय केन्द्रीय मानव अधिकार विभाग गठन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालयले २०८३ साउन २२ गते जारी गरेको पत्रमार्फत विभागको पूर्णता तथा कार्यविभाजनसम्बन्धी निर्णय सार्वजनिक गरेको हो ।

पार्टीले मानवअधिकार विभागका प्रमुखमा माधव पौडेल र उपप्रमुखमा शिवराम यादवलाई जिम्मेवारी दिएको छ ।

विभागका सदस्यहरूलाई २०८३ साउन ३१ गते विभागीय प्रमुख माधव पौडेलले पेरिसडाँडामा सपथ गराउनुभएको छ ।

विभागका सदस्यहरूमा डा. सर्वराज खड्का, रमेशप्रसाद तिमल्सिना, केदारचन्द भट्ट, जित घले, रामसुन्दर श्रेष्ठ, होम पाठक, शोभा खनाल, सुदर्शन पौडेल, श्याम सुनार, बसन्त बस्नेत, डिलबहादुर पराजुली, महादेव भारती, हुकुम सार्की, दुर्गा कार्की, सुशीला चौधरी, पदम विश्वकर्मा, धर्मराज आचार्य, लिलाधर मरासिनी, विसेन्द्रकुमार अर्याल, कमला वि.क., डा. हेरेन्द्र राय यादव, सन्तोष तिवारी, पार्वती आग्री, महेश्वर चौधरी र कुलानन्द उपाध्याय रहनुभएको छ ।

विभागमा काठमाडौं, ललितपुर, सप्तरी, बैतडी, गोरखा, दोलखा, बझाङ, नुवाकोट, डोटी, कैलाली, म्याग्दी, दाङ, स्याङ्जा, चितवन, नवलपरासी, गुल्मी र रौतहटलगायत जिल्लाका प्रतिनिधि समेटिएका छन् ।

पार्टीको पत्रमा मानवअधिकार विभागलाई पार्टीको नीति तथा कार्यक्रमअनुसार मानवअधिकारसम्बन्धी गतिविधि सञ्चालन गर्न तथा विभागको कार्यविभाजनअनुसार जिम्मेवारी निर्वाह गर्न निर्देशन दिइएको छ ।

विभागले मानवअधिकार संरक्षण, प्रवर्धन तथा मानवअधिकारसँग सम्बन्धित विषयमा पार्टीको भूमिका प्रभावकारी बनाउन काम गर्ने अपेक्षा गरिएको छ ।

Author

Share the News

Recent News

Related News