मानव आवाज

२०८३ भाद्र २ गते
00: 00: 00
२०८३ भाद्र २ गते

श्रेष्ठलाई पक्राउ गर्ने पुर्जी दिन ललितपुर अदालतद्वारा अस्वीकार

ललितपुर । वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नका लागि जिल्ला अदालत, ललितपुरले अनुमति दिन अस्वीकार गरेको छ ।

उपभासमुख रुवीकुमारी ठाकुरको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, ललितपुरको टोली पक्राउ पूर्जीका लागि जिल्ला अदालत पुगेको खबर छ । तर, जिल्ला अदालत, ललितपुरले पक्राउ पूर्जी जारी गर्न अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतले वरिष्ठ पत्रकार श्रेष्ठलाई २०८३ भदौ १ गते मात्रै अर्को मुद्दामा रिहा गर्न आदेश दिएको थियो

न्यायाधिशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको हो ।

श्रेष्ठलाई गैरकानुनीरुपमा गिरफ्तार गरिएको भन्दै उहाँकी पत्नी सरस्वती श्रेष्ठले बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो ।

सम्बन्धित समाचार

मानवअधिकारकर्मीद्वारा पत्रकार किशोर श्रेष्ठको तत्काल रिहाइको माग

के सत्ता प्रश्नभन्दा माथि छ ?

पत्रकार श्रेष्ठको गिरफ्तारीप्रति विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहाइको माग

वरिष्ठ पत्रकार श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलले जनायो गम्भीर ध्यानाकर्षण

वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ: प्रेस स्वतन्त्रतामाथि प्रहार !

Author

Share the News

Recent News

Related News