मानव आवाज

२०८३ जेष्ठ १३ गते
00: 00: 00
२०८३ जेष्ठ १३ गते

यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न

रुद्रबहादुर खड्का, सिन्धुली ।

अपाङ्गता भएका महिला, किशोर तथा किशोरीहरुको लागि दुईदिने यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी तालिम २०८२ कात्तिक २७ गते सिन्धुलीमा सम्पन्न भएको छ ।

“शसस्त्र महिला अभियान समावेशी न्यायका लागि अग्रसरता” परियोजना अन्तर्गत सिन्धुली अपाङ्ग महिला सङ्घ सिन्धुलीको आयोजना तथा यूवि लिज फाउण्डेसन फिनल्याण्ड नेपालको आर्थिक सहयोग तालिम सञ्चालन गरिएको बताइएको छ ।

तालिममा सहभागीहरुले यौनिकता, प्रजनन् क्षमता, प्रसूति सेवा, यौन हिँसाबिरुद्धका सुरक्षा र यौन शिक्षासम्बन्धी अधिकारको विषयमा जिज्ञासा राखेका थिए ।

तालिममा किशोरी तथा किशोरहरुमा देखिने शारीरिक, सामाजिक र भावनात्मक परिवर्तन, सानै उमेरमा बच्चा जन्माउँदाको परिणाम, परिवार नियोजन, एचआईभी, एड्स लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।

मेरी स्टोप्स नेपाल युथ मोभिलाईजर कमला रम्तेल, एम.एस लेडिज अम्बिका श्रेष्ठ, जिल्ला अस्पताल सिन्धुलीका नर्सिङ अधिकृत अनु ढकाल र नर्स प्रमिला श्रेष्ठले तालिमको सहजीकरण गर्नुभएको थियो । तालिममा २५ जनाको सहभागिता रहेको थियो ।

Author

Share the News

Recent News

Related News