मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

अन्तर्राष्ट्रिय कानुनको सम्मान गरः गुटेरस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।

उहाँले अन्तर्राष्ट्रिय कानुनको अवहेलनाले विश्वव्यापी विश्वास कमजोर हुने चेतावनी दिँदै अदालतका निर्णयहरू पालना गर्नु संयुक्त राष्ट्रसङ्घको बडापत्रअन्तर्गत बाध्यकारी दायित्व भएको बताउनु भएको राससले जनाएको छ ।

अन्तर्राष्ट्रिय अदालतको ८०औँ वार्षिकोत्सवका अवसरमा जारी वक्तव्यमा महासचिव गुटेरेसले विगत आठ दशकमा आधुनिक अन्तर्राष्ट्रिय न्याय प्रणाली निर्माणमा अदालतले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ ।

उहाँले अदालतको अधिकार र स्वतन्त्रताको संरक्षण गर्दै विवादहरूको शान्तिपूर्ण समाधानमा नयाँ प्रतिबद्धताको खाँचो औँल्याउनुभएको समाचारमा जनाइएको छ ।

गुटेरेसले पछिल्ला वर्षहरूमा सशस्त्र द्वन्द्व बढ्दै जानु, नियम उल्लङ्घन हुने सैन्य गतिविधि तथा मानवीय दायित्व पूरा गर्न असफलता जस्ता चुनौतीहरू बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार यस्ता गतिविधिले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनलाई तीव्र बनाएको छ ।

उहाँले न्याय कायम गर्ने जिम्मेवारी पाएका संस्थाहरूले समेत बढ्दो अविश्वास र चुनौतीहरूको सामना गरिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

Author

Related News