काठमाडौँ । नेपाल सरकारले कारागारलाई सुधार गृहमा रुपान्तरण गरिने जनाएको छ ।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले उक्त कुरा उल्लेख गर्नुभएको हो ।
यसअघि पनि कारागारलाई सुधार गृहमा रुपान्तरण गरिने भन्दै पटकपटक नीति तथा कार्यक्रममा उल्लेख हुँदै आएको छ ।
कारागारमा अहिले पनि क्षमता भन्दा दोब्बर कैदीबन्दी हुने, झडप हुने, कारागार बसेर छुटेपछि फेरि विभिन्न अपराधमा संलग्न हुने क्रम समेत भेटिँदै आएको छ ।

सत्तारुढ पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित १५ हजारको हाराहारीमा कैदीबन्दी २०८२ भदौ २४ गते जेलबाट भागेका थिए । त्यसमध्ये आधा जति अहिलेपनि जेल बाहिरै रहेका छन् ।