पोखरा । आमा तथा शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका-१७ मा गर्भवती तथा सुत्केरी महिलालाई पोषण प्याकेज वितरण गरिएको छ ।
गर्भावस्था र सुत्केरी अवस्थामा आवश्यक पोषणयुक्त खानेकुराको पहुँच बढाउँदै मातृ तथा शिशु स्वास्थ्यमा सुधार ल्याउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं. १७ कार्यालयको आयोजनामा २०८३ कात्तिक १७ गते शहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा पोषण प्याकेज वितरण कार्यक्रम सम्पन्न भएको हो ।
वडाध्यक्ष राधिका कुमारी शाहीले वडाभित्रका गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी पोषण प्याकेज वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमबाट १ सय ५ जना गर्भवती तथा सुत्केरी महिला लाभान्वित भएका छन् ।
अध्यक्ष शाहीले यस्ता कार्यक्रमले आमा तथा शिशुमा हुन सक्ने कुपोषणको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीयस्तरमा स्वास्थ्य तथा पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्दै मातृ तथा शिशु स्वास्थ्य सुधारमा समेत कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ थियो ।