मानव आवाज

२०८३ बैशाख २२ गते
00: 00: 00
२०८३ बैशाख २२ गते

मानवअधिकारको सम्मान गर्न सांसद सिद्धिकीको आग्रह

काठमाडौँ । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा आफ्नो धारणा राख्दै सांसद सिद्धिकीले नागरिकको बाँच्न पाउने मौलिक हक र संवैधानिक व्यवस्थाको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले सरकारले भूमिहीन, दलित, मुस्लिम, मधेसी, कमलरी र हलियाका समस्यालाई सहज वातावरणमा सम्बोधन गर्नुको साटो बल प्रयोग गरेकोमा आपत्ति जनाउनुभयो ।

‘देशको कानुन र संविधानले प्रत्येक नागरिकको जिउधनको सुरक्षा र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । आफ्नै देशका नागरिकलाई विस्थापित गर्ने र बालबालिका एवम् ज्येष्ठ नागरिकको बिचल्ली बनाउने कार्य मानवअधिकारको दृष्टिकोणले क्षम्य हुन सक्दैन ।’- सांसद सिद्धिकीले भन्नुभयो ।

मानव अधिकारको रक्षा, बाल संरक्षण, महिला, युवा तथा ज्येष्ठ नागरिकका सवाललाई सुक्ष्म ढङ्गले अध्ययन गर्न समिति अन्तर्गत उपसमितिहरू गठन गर्नुपर्नेमा उनको जोड थियो ।

Author

Share the News

Related News