मानव आवाज

२०८३ बैशाख २० गते
00: 00: 00
२०८३ बैशाख २० गते

बेमौसमी वर्षाले मोटरबाटो अवरुद्ध

गुल्मी रेसुङ्गा नगरपालिका-४ अन्तर्गत पर्ने निउरेनी-ढाक्रेखोला-रागेढुङ्गा क्षेत्रमा बेमौसमी वर्षापछि मोटरबाटो सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको छ ।

२०८३ वैशाख १७ गतेदेखि लगातार परेको वर्षाका कारण सडक हिलाम्मे र जोखिमपूर्ण बनेपछि यातायात आवागमन ठप्प भएको स्थानीय नारायण पन्थीले जानकारी दिनुभयो ।

स्थानीयवासीका अनुसार वर्षायाम सुरु हुनुअघि सडक मर्मत तथा स्तरोन्नति गर्नुपर्नेमा सम्बन्धित निकायले आवश्यक ध्यान नदिँदा समस्या थप जटिल बनेको हो ।

“पहिले नै मर्मत गरिएको भए यस्तो अवस्था आउने थिएन ।”-एक स्थानीयले मानव अवाजसँग भने ।

सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजान कठिन भएको छ भने दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत समस्या उत्पन्न भएको छ । कृषकहरूको उत्पादन बजारसम्म पुर्‍याउन नसक्दा आर्थिक क्षति बेहोर्नुपरेको स्थानीयको भनाइ छ ।

यस विषयमा पटकपटक रेसुङ्गा नगरपालिका कार्यालयको ध्यानाकर्षण गराइए पनि प्रभावकारी पहल नभएको आरोप स्थानीयवासीको छ ।

उनीहरूले तत्काल सडक मर्मत गरी यातायात सञ्चालन सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

Author

Related News