मानव आवाज

२०८३ बैशाख ३० गते
00: 00: 00
२०८३ बैशाख ३० गते

एसईईमा ६५.९८ प्रतिशत ग्रेडेड, ३४.०२ प्रतिशत ननग्रेडेड

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

बोर्डले २०८३ वैशाख २८ गते सार्वजनिक गरेको नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् ।

यस वर्ष देशभरबाट ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये २ लाख ८४ हजार १६० जनाले विभिन्न ग्रेड प्राप्त गरेका हुन् भने १ लाख ४६ हजार ५ सय ७ जना ‘नन–ग्रेडेड’ (एनजी) मा परेका छन् ।

यो नतिजा गत वर्षभन्दा ४.१७ प्रतिशतले बढेको हो । २०८१ मा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडड भएका थिए ।

सार्वजनिक नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३ सय ९२ रहेको छ ।

त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ८० हजार ३ सय ७२, २.८ देखि ३.२ जीपीए ल्याउने ९४ हजार २ सय २२ र २.४ देखि २.८ जीपीए ल्याउने ५५ हजार ९ सय ७७ विद्यार्थी रहेका छन् ।

यस्तै २ देखि २.४ जीपीए ल्याउने ५ हजार १ सय ९० विद्यार्थी रहेका छन् भने १ देखि २ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या सात रहेको बोर्डले जनाएको छ ।

ग्रेड बृद्धिको परीक्षा २०८३ असार १ गतेदेखि गरिने पनि बोर्डले जनाएको छ ।

Author

Share the News

Recent News

Related News