मानव आवाज

२०८३ बैशाख २० गते
00: 00: 00
२०८३ बैशाख २० गते

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताको कारण यस्तो छ

काठमाडा । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लाई सरकारलाई नै फिर्ता पठाउनुभएको छ ।

पुनर्विचार गर्न भन्दै उहाँले अध्यादेश मन्त्रिपरिषदमै फिर्ता पठाउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा २०८३ वैशाख २० गते जारी विज्ञप्तिमा गत वैशाख १४ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम सिफारिस भई आएको अध्यादेशको विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले सरकारलाई फिर्ता पठाएको उल्लेख छ ।

राष्ट्रपति पौडेलले अध्यादेश फिर्ता पठाउनुको पछाडि यसअघिका नजिरलाई आधार बनाउनुभएको जनाइएको छ ।

यसअघि २०८२ असार २५ गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि पेश भएको थियो । त्यस वेलामा राष्ट्रपतिले विधेयकमा सुधार गर्नुपर्ने सन्देशसहित फिर्ता पठाउनुभएको थियो ।

Author

Related News