मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

आचारसंहिता उल्लङ्घनमा बालेनविरुद्ध उजुरी 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा उमेदवार बालेन्द्र शाह (बालेन)ले नेपाल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गरेको टिप्पणीबारे निर्वाचन आयोगमा उजुरी परेको छ ।

धर्मराज तिमिल्सिनाले २०८२ माघ ११ गते आइतबार आयोगमा उजुरी दिनु भएको हो ।

उजुरीमा शाहले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै आवश्यक कारबाहीको माग गरिएको छ ।

शाहले केपी ओलीको स्टाटसमा घृणाको अभिव्यक्ति सञ्चार गर्नु भएको उजुरीमा जनाइएको छ ।  

Author

Share the News

Recent News

Related News