मानव आवाज

२०८३ बैशाख ११ गते
00: 00: 00
२०८३ बैशाख ११ गते

सुकुम्बासी पहिचान बिना हटाउने कार्य नगर्न आयोगको निर्देशन

ललितपुर । काठमाडौं जिल्लाको बागमती किनार लगायत विभिन्न स्थानमा बसोबास गर्दै आएका सुकुम्बासीहरुको घ–टहरा हटाउने सरकारी तयारीप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल सरकारले २०८३ वैशाख १२ गतेदेखि सुकुम्बासी बस्ती हटाउने योजना अघि बढाएको सन्दर्भमा आयोगले यसअघि दिएका सिफारिसहरूको कार्यान्वयन अवस्थाबारे जानकारी माग गर्दै सरकारलाई पत्राचार गरेको जनाएको छ ।

आयोगले २०६९ सालमै वास्तविक सुकुम्बासीहरूको पहिचान गरी उनीहरूको उचित वैकल्पिक बसोबासको व्यवस्था मिलाएर मात्र व्यवस्थापन प्रक्रिया अघि बढाउन सिफारिस गरेको स्मरण गराएको छ ।

पत्रमार्फत आयोगले उक्त सिफारिस कार्यान्वयनको प्रगति विवरण समेत माग गरेको छ । साथै, सर्वोच्च अदालतबाट भएका आदेश तथा आयोगका सिफारिसहरू कार्यान्वयन गर्दै वास्तविक सुकुम्बासीहरूको पहिचान र आवश्यक व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले अतिक्रमित जग्गा खाली गराउने क्रममा अत्यधिक बल प्रयोग नगर्न र संयमित ढङ्गले कार्य गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

Author

Related News