मानव आवाज

२०८३ असार १५ गते
00: 00: 00
२०८३ असार १५ गते

विद्यार्थीसँगै धान रोप्दै चुडाकवि स्मृति प्रतिष्ठानले मनायो राष्ट्रिय धान दिवस

विराटनगर चुडाकवि स्मृति प्रतिष्ठानले विद्यार्थीलाई कृषिको महत्वबारे व्यवहारिक ज्ञान दिने उद्देश्यसहित विविध कार्यक्रम आयोजना गरी २०८३ असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ ।

मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा धान रोपाइँ गर्दै दिवस मनाएका हुन् ।

स्मृति इङ्ग्लिस बोर्डिङ स्कुल र प्यारागन एकेडेमी सेकेन्डरी स्कुलको प्रायोजनमा सम्पन्न कार्यक्रममा विद्यार्थीलाई कृषि, धान उत्पादन र राष्ट्रिय धान दिवसको महत्वबारे प्रत्यक्ष अनुभूति गराउने उद्देश्य राखिएको प्रतिष्ठानकी रिता न्यौपानेले जानकारी दिनुभयो ।

स्मृति बाल क्लबको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा बुढीगङ्गा गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदार, गाउँपालिकाका पूर्वअध्यक्ष बालचन्द्र माझी, प्राध्यापक कविराज न्यौपानेलगायत दुवै विद्यालयका करिब ५ सय  विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले खेतमै धान रोपाइँमा सहभागी हुँदै कृषि संस्कृतिसँग प्रत्यक्ष जोडिने अवसर पाएका थिए ।

आयोजकले यस्ता कार्यक्रमले विद्यार्थीमा कृषि पेशाप्रति सम्मान र खाद्य सुरक्षाबारे सकारात्मक चेतना विकास हुने विश्वास व्यक्त गरेको छ ।

Author

Share the News

Recent News

Related News