मानव आवाज

२०८३ भदौ २६ गते
00: 00: 00
२०८३ भदौ २६ गते

कास्की जिल्ला भलिबल सङ्घको अध्यक्षमा बुद्ध

पोखरा । कास्की जिल्ला भलिबल सङ्घको अध्यक्षमा बुद्ध सिंह सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

सङ्घको २६औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनले सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित २०८३ भदौ २५ गते पोखरामा सम्पन्न अधिवेशनले चार वर्षे कार्यकालका लागि ११ सदस्यीय कार्यसमिति चयन गरेको नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष तथा निर्वाचन संयोजक यमबहादुर गुरुङले जानकारी दिनुभयो ।

कार्यसमितिमा जिल्ला खेलकुद समितिले दुई सदस्य मनोनित गरी पठाउने व्यवस्था गरिएको छ ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा सञ्जीव जिसी र अनिल गुरुङ, महासचिवमा टङ्कराज पौडेल तथा कोषाध्यक्षमा सुन्दर श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा प्रमिला अधिकारी, लक्ष्मी गुरुङ, बलराम तिमिल्सिना, सुविन गुरुङ, उत्तमलाल श्रेष्ठ र योगेन्द्र गुरुङ रहनुभएको छ ।

अधिवेशनबाट प्रदेश प्रतिनिधिमा शरणकुमार प्रधान र बलराम तिमिल्सिना तथा केन्द्रीय प्रतिनिधिमा बुद्ध सिंह चयन हुनुभएको छ । टङ्कराज पौडेललाई केन्द्रीय प्रतिनिधिको पर्यवेक्षक तोकिएको छ ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल भलिबल सङ्घका सल्लाहकार नारायण शर्माले भलिबल खेलको विकासमा सङ्घले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माले खेलाडीका लागि छात्रवृत्ति, सम्मानलगायतका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष सिंहले कास्कीमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलाडीको हितका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सङ्घको संस्थागत गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने बताउनुभयो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार