मानव आवाज

२०८३ श्रावण ८ गते
00: 00: 00
२०८३ श्रावण ८ गते

घृणाजन्य अभिव्यक्ति रोक्न आयोगको आग्रह

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन र शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य अभिव्यक्ति बन्द गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति २०८२ माघ १३ गते जारी गरी शान्ति सुरक्षाको अवस्थालाई थप मजबुत बनाउन सरकारलाई आग्रह गर्नु भएको हो ।

‘आगामी फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा विगत केही दिनयता विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूबाट एकअर्काप्रति आक्षेप लगाउने, घृणाजन्य अभिव्यक्तिहरु दिने तथा एक अर्काप्रति गरिएको अमर्यादित आरोपप्रत्यारोपप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’-विज्ञप्तिमा उल्लेख छ ।

Author

Share the News

Recent News

Related News