मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सिन्धुलीमा चुनावी चहलपहल तीव्र, राजनको सक्रियता बढ्दो

रुद्रबहादुर खड्का, सिन्धुली ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएसँगै सिन्धुली जिल्लामा चुनावी चहलपहल तीव्र बनेको छ ।

उम्मेदवारी दर्तापछि राजनीतिक दल तथा उम्मेदवारहरू प्रचार–प्रसार, मतदाता भेटघाट र सङ्गठन विस्तारमा सक्रिय देखिएका छन् ।

दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा ठूला–साना विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी कुल २७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

उम्मेदवारहरूले जिल्लाका विभिन्न स्थानमा भेला, अन्तर्क्रिया र घरदैलो कार्यक्रमलाई तीव्रता दिन थालेका छन् ।

यसै क्रममा सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएका लेखनाथ दाहाल (राजन) ले पनि आफ्ना चुनावी गतिविधिहरूलाई तीव्र बनाउँदै लैजानुभएको छ ।

उहाँ पार्टीका आन्तरिक भेला, बैठक तथा छलफलसँगै मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकतामा राख्दै चुनावी अभियान अघि बढाइरहनुभएको छ ।

“मर्दा देखि पर्दासम्म जनताको सेवामा खटिने नेता” को छवि बनाएका दाहाल पुनः चुनावी मैदानमा उत्रिएपछि मतदातामाझ उत्साह बढेको देखिन्छ ।

जिल्लाको समग्र विकासका लागि उहाँले विगतमा लिएको पहलकदमीप्रति जिल्लाबासीहरूले सकारात्मक प्रतिक्रिया जनाउँदै आएका छन् ।

सरल स्वभाव, स्पष्ट दृष्टिकोण र परिणाममुखी कार्यशैलीका कारण लेखनाथ दाहाल (राजन) लाई जिल्लामा “विकासको पर्यायवाची नाम” को रूपमा चिनिन थालिएको स्थानीयवासीहरूको भनाइ छ ।

पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामाजिक सेवाका क्षेत्रमा उहाँको सक्रियताले आम नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुगेको उनीहरूको दाबी छ ।

जिल्लाको विकासप्रति निरन्तर सक्रियता र प्रतिबद्धता देखाउँदै आउनुभएका दाहालको चुनावी अभियान आगामी दिनमा अझ प्रभावकारी बन्दै जाने अपेक्षा गरिएको छ ।

Author

Related News