मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सुशीला हत्या प्रकरणमा थप एक जना पुर्पक्षका लागि कारागार चलान

रुद्रबहादुर खड्का, सिन्धुली ।

जिल्ला कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर एक महिलाको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा थप एक जना व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पुस ६ गते अपराह्न करिब ४:३० बजे कमलामाई नगरपालिका–४ धुराबजार बस्ने ३२ वर्षीया सुशिला बम्जनलाई पेट्रोल छर्की आगो लगाउँदा घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न रहेको आरोप लागेका प्रतिवादी दुर्गामान बोम्जन हालसम्म उपचाररत रहेको प्रहरीले जनाएको छ ।  

हरिहरपुरगढी गाउँपालिका स्थायी घर भई हाल कमलामाई नगरपालिका–४ बस्दै आएका ६५ वर्षीय बोम्जन उपचारपछि माघ ८ गते अस्पतालबाट डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

बोम्जनलाई माघ ९ गते सिन्धुली जिल्ला अदालतमा उपस्थित गराइएको थियो । प्रारम्भिक सुनुवाइपछि अदालतले बोम्जनलाई पुर्पक्षका लागि कारागार कार्यालय सिन्धुलीमा पठाउन आदेश दिएको जिल्ला अदालतले जनाएको छ ।

यसअघि दुई जनालाई कारागार चलान गरिएको छ । घटनासम्बन्धी थप अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

Author

Related News