मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

भक्तपुर बाल सुधारगृहमा झडप र आगजनी, प्रहरीमाथि ढुङ्गामुढा

भक्तपुर । मध्यपुरथिमि नगरपालिका-२ सानोथिमिस्थित बाल सुधारगृहमा गएराति झडप र आगजनी गरिएको छ ।

बाल सुधारगृहका दुई समूहबिच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो । आपसमा झडप भएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोलीले सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेको थियो स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए ।

मध्यरातमा भक्तपुर र काठमाडौंका वारुणयन्त्रले आगो निभाएका थिए । सुधारगृहमा भएको क्षतिको विवरण सङ्कलन गरेर सार्वजनिक गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । यो बालसुधा गृहमा १ सय ४५ जना बालक र २४ जना बालिका राखिएको छ ।

यसअघि २०८० भदौ ३ गते पनि सुधार गृहमा ऐडप भएको थियो । घटना विवरण अनुसार २०८० भदौ ३ गते बिहान भक्तपुर बाल सुधार गृहमा थुनामा रहेका मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेत मृत्यु भएको थियो ।

ज्वरो र पिलोका कारण बिरामी भएका बस्नेतलाई समयमा नै उपयुक्त उपचारका लागि अस्पताल नलगिएका कारण मृत्यु भएको थियो ।

सुधार गृह प्रशाशनको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै ०८० भदौ ३ गते नै घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सुधार गृहमा रहेका बालकहरूले सुधार गृह भित्र र मृतकका आफन्तले सुधारगृह परिसरमा नाराबाजी गरेका थिए ।

यसै क्रममा प्रहरीसँगको झडपपछि सुधारगृहभित्र रहेका २ सय २१ जना बालबालिका सुधार गृहको पछाडिको ढोका फोडेर बाहिर निस्किएका थिए । 

कारागारभित्र व्यवस्थापकीय समस्या रहेका र बालबालिकाले बेला–बेलामा ध्यानाकर्षण गराउने गरेको भएता पनि सुधार गृह प्रशासनबाट यथोचित सम्बोधन हुने गरेको नपाएको प्रतिवेदनहरुमा उल्लेख छ ।

बाल सुधार गृहका सम्बन्धमा दीर्घकालीन रूपमा बाल सुधार गृह व्यवस्थापनमा संलग्नहरूलाई अनुसन्धानको प्रक्रियामा ल्याउन, सुधार गृहभित्रको अन्तरिक व्यवस्थापनमा सुधार गर्न, भदौ ३ र ४ गतेको घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिन गर्न, सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका नराख्ने व्यवस्था गर्न र १८ वर्षभन्दा बढी उमेर पुगेकाहरूलाई सुधार गृहमा बालबालिकासँग नराख्ने व्यवस्था गर्नु जरुरी भएपनि अहिलेसम्म सो हुन सकेको छैन ।

मानव अधिकार सन्धि अनुगमन केन्द्र (एचआरटिएमसिसी) को सचिवालयले २०८० भदौ १५ गते सार्वजनिक गरेको बाल सुधार गृह, सानोठिमी, भक्तपुरमा एक जनाको मृत्यु भएको र बाल सुधार गृहमा क्षति पुर्‍याइ बालबालिका बाहिरिएको घटनाको स्थलगत अध्ययन प्रतिवेदन

Author

Related News