काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति २०८२ माघ ६ गते देशभर मनोनयन दर्ता गरिएको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट मनोनयन दर्ता भएको हो ।
निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, देशभर ३ हजार ४ सय ८४ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा ३ सय ९५ जना महिला, ३ हजार ८८ जना पुरुष र अन्य एक उम्मेदवार रहेका छन् ।
राजनीतिक दलको तर्फबाट २ हजार २ सय ९७ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा २ सय ३५ जना महिला र २ हजार ६४ जना पुरुष छन् । त्यस्तै, १ हजार १ सय ८७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । (अपडेट विवरण)