मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सुशिला बम्जन हत्या प्रकरणः आरोपित पुर्पक्षका लागि जेल चलान

रुद्रबहादुर खड्का, सिन्धुली ।

सुशिला बम्जन हत्या प्रकरणका आरोपित मृतककी सासू मायारानी बम्जन र नन्द मिना लामा बम्जनलाई सिन्धुली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश गहेन्द्रराज पन्तको इजलासले २०८२ माघ ४ गते उनीहरूलाई थुनामा राख्ने आदेश दिएको हो ।

अदालतको आदेश बमोजिम माघ ४ गते नै उनीहरूलाई सिन्धुली कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मायारानी बम्जन र मिना लामा बम्जनलाई २०८२ साल पुस ६ गते आफ्नै घरमा सुशिलालाई कुटपिट गरी पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा पक्राउ गरिएको थियो ।

प्रहरी अनुसन्धानपछि उक्त मुद्दा २०८२ माघ २ गते जिल्ला अदालतमा दायर गरिएको थियो । घटनाका अर्का अभियुक्त मृतककी ससुरा दुर्गामान बम्जन उपचारका क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा रहेकाले हालसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, घटनाका मुख्य योजनाकार मानिएका मृतकका श्रीमान सूर्यबहादुर बम्जन हालसम्म विदेश (कोरिया) बाट नेपाल नफर्किएको र बम्जनविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बाँकी फरार अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको छ ।

Author

Related News