मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

समानुपातिकमा ६३ दलका ३ हजार २ सय १३ जना उम्मेदवार (नामावलीसहित)

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ ।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलबाट निर्वाचन आयोगमा पेस भएका उम्मेदवारको बन्दसूची आयोगले २०८२ माघ ४ गते सार्वजनिक गरी आयोगको वेवसाइटमा प्रकाशन गरेको हो ।

सार्वजनिक भएको विवरणमा ६३ ओटा राजनीतिक दलका ५७ ओटा निर्वाचन चिह्नमा ३ हजार २ सय १३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको छ।

बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने मतदाताले २०८२ माघ ५ गतेदेखि माघ १० गतेसम्म निर्वाचन आयोग समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोधमा निर्देशिका बमोजिम निर्धारित ढाँचामा उजुरी गर्न सकिने आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिनु भएको छ ।

Author

Share the News

Recent News

Related News