मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

२०८२ माघ ५ गतेदेखि निर्वाचन आचारसंहिता लागु

काठमाडौं । निर्वाचन आयोगले २०८२ माघ ५ गते बिहानदेखि राति १२ बजेपछि निर्वाचन आचारसंहिता लागु गर्ने भएको छ । 

आयोगका अनुसार २०८२ माघ ४ गते बसेको बैठकले आचारसंहिता लागु गर्ने निर्णय गरेको हो ।

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागु गरेको आयोगले जनाएको छ ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यक्रम तोकेको छ ।

Author

Related News